Daily Archives: 04/04/2013

कण्डममा सुगुरको मासु


condomबजारमा विभिन्न नामका कण्डम छन् । सबैका आ आफ्ना दाबी छन्, की उनीहरु नै सबैभन्दा बढि आनन्द दिनेवाला हुन् । धेरै ब्राण्डका कण्डमले आफ्नो प्रचारका लागि विभिन्न खाले हतकण्डा अपनाउँछन् । सम्भोगका बेला कुनै साधन नै प्रयोग नगरेझैँ आनन्द आउँछ भनेर समेत दाबी गर्छन् केहीले । तर उनीहरुको दाबी कत्तिको सही हो त्यो प्रयोग गर्नेले नै जान्ने कुरा हो ।

थरीथरीका कण्डमको होडमा फेरी अर्को ब्राण्डको कण्डम पनि उ्रत्पादन गरिएको छ । यौन जिवनलाई रोमाञ्चक बनाउन सुगन्धवाल कण्डम निर्माण गरिएको दाबी कण्डम निर्माता कम्पनीको छ । उसका अनुसार प्रयोगकर्तालाई मन पर्ने प्रकारको सुगन्धको कण्डम निर्माण गरिएको छ । तर यो कुनै फूलको सुगन्धवाला होइन । यो त सुँगुरको मासुबाट आउने सुगन्ध जस्तै गन्ध छर्ने कण्डम पो हो त । पढ्नेक्रम जारी राख्नुहोस्

१० लाख नदिए बम पड्काउने धम्की दिने प्रहरी फन्दामा


रमेशकुमार पौडेल, चितवन, चैत २२ – बैँकका शाखा प्रमुखलाई एसएमएस गरेर धम्काउँदै १० लाख रुपैयाँ माग्ने व्यक्तिलाई चितवन प्रहरीले गिरफ्तार गरेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शारदानगर गाविस वडा नं. २ बस्ने २० वर्षका रोशन भन्ने चेतबहादुर विक समातिएका हुन्। उनले चैत ५ गतेदेखि नेपाल बैंक रामपुर शाखाका प्रमुख गणेशबहादुर चौधरीलाई पटक पटक एसएमएस गरेर पैसा मागेका थिए। मागे बमोजिम १० लाख रुपैयाँ नदिए अपहरण गर्ने र घरमा बम पड्काउने भन्दै धम्काउने गरेको प्रहरीको भनाइ छ।

साफ जिते सबैलाई फ्याल्ट


काठमाडौं, चैत २२ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वर्ष हुने साफ च्याम्पियनसिप जितेमा नेपाली राष्टिय टोलीका सबै सदस्यलाई पुरस्कारस्वरुप फ्ल्याट दिने घोषणा गरेको छ। राष्ट्रिय फुटबल टोलीलाई बुधबार नगद पुरस्कारबाट सम्मानित गर्ने क्रममा एन्फा अध्यक्ष गणेश थापाले असोजमा हुने आठौं साफ च्याम्पियनसिप जिते टोलीका सबै सदस्यलाई फ्ल्याट दिने घोषणा गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्