शुल्क कम मात्र भएर नपुग्ने देखियो एन आर एन ए प्रती कुवेतबासी नेपालीहरुको आस्था


ईन्द्र भुसाल ,कुवेत
nrnaआगामी छैटौ अन्तराष्ट्रिय सम्मेलन पुर्व नयाँ कार्यसमिती बनाउनु पर्ने बिधान अनुसार संसारका बिभिन्न देशमा अधिवेशनको चटारो लागिरहेको NRNA ले बिभिन्न देश र क्षेत्रमा अधिवेशनको घोषणा गरेको छ। बिशेष गरी अमेरिका र यूरोपियन देशमा रहेका नेपालीहरुको हितको लागि गठन गरिएको यो संस्थाले एक मात्र दोहोरो नागरिकताको मागलाई बिशेष प्राथमिकतामा राख्ने गरेको छ अन्य लगानी र सामाजिक कार्य त केवल बहाना मात्र हो भन्दा फरक पर्दैन ।

एन आर एन ए को नाम सुन्नेबित्तिकै धेरै राजनीति खाडी देशमा लागेको देखिन्छ त्यो मा पनि कुवेत NRNA ले त निकै चर्चा पाएको छ स्थापना र अहिले सम्म । स्थापनाको ४ बर्ष सम्म नेपाली समाजको लागि केही गर्न त कुरा छोडम ७० हजार नेपाली रहेको कुवेतमा पछील्लो अवस्था सम्म ७० जना सदस्य छन कि छैनन भनेर सोध्न पर्ने अवस्था रहेको छ । दोहोरो नागरिकता र सामुहिक लगानिको कुनै पनि सिदान्तले नछुने खाडीबासी  नेपालिहरुको लागि एन आर एन ए प्रती आस्था र भरोशा राख्नको लागि बिगत ४ बर्षमा यो संस्थाले केही नगरेको पुष्टी हुन्छ। कुवेतको नेपाली समाजमा रहेका चर्चित संस्था देखी पत्रकार अनी राम्रो आम्दानी गर्ने ब्यक्ती बिशेषले कार्यसमिती भरिएको एन आर एन ए कुवेतको अवस्था निकै नाजुक छ जुन यथार्थलाई नमान्नु मुर्खता हो। बिगतमा १ के डि रेहेको सदस्यता शुल्कलाई तीनगुना बढाएर ३ के डि पुराएको NRNA कुवेतले पुन शुल्क घटाएर २ केडी बनाएको सुनिएको छ तर शुल्क घाटाएर मात्र सदस्यहरु बढ्ने देखिन्न। न केही काम गरेको छ ४ बर्षा सम्म न छ बिबादमुक्त अनी के आश गरेर बन्दछन नयाँ सदस्यहरु ?

कुनै पनि नेपाली सँघ-संस्थामा आबध्द हुनलाई निकै सजिलो सँग सदस्यता फारम पाईन्छ तर के छ कुन्नी कुवेतमा त्यो सजिलो पन पनि रहेन जसको कारण नेपालिहरुको यो सस्थाप्रतीको चासो अझै नरहने देखिन्छ भने कुवेतको बर्तमान नेपाली समाजको परिवेशले पनि केही न केही असर एन आर एन ए कुवेतलाई पारेको छ। सजिलो सँग सदस्य बन्न पाउने एन आर एनको सदस्यता फारम ईन्टरनेट मै राखिएको अवस्थामा कुवेत एन आर एन ए ले किन त्यो गर्न सकेन त भन्ने जिज्ञासा राख्दा NRNA कुवेतका उपाध्यक्ष राजु थापाले सदस्य फारम समयमै बुझाउन सकुन र कतै गल्ती कमजोरी नहोस भनेर चुनाव प्रतिनिधी मन्डलको निर्णयमा नै फारम बितरण गर्न लागिएको सरल जानकारी दिनु भएको थियो भने बिगतमा एन आर एन ए ले परिचय पत्र नदिएको तर यो पटक परिचय पत्र उपलब्ध गराउने योजना रहेकोले पनि फारम गल्ती नहोस् भनेर यो कदम चालेक बताउनु भयो । एन आर एन का सदस्यहरुले जे जसरी अर्थाय पनी फारम सम्बन्धी गुनासो जनमानसमा ब्यापक रहेको छ भने शुल्क बढ्ने र घट्ने गर्दा अझै अझै दोधार बनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.