प्रकाश तिमल्सिना, काठमाडौं, चैत २० – नेकपा माओवादीसहित ३३ दलले सिंहदरवार घेराऊ कार्यक्रमका कारण काठमाडौं उपत्यकाको ट्राफिक अस्तब्यस्त भएको छ। बिहान ९ बजे देखि सुरु भएको भएको घेराऊ कार्यक्रम ११ बजेसम्म चल्ने माओवादी प्रवक्ता पम्फा भुषालले बताइन्।
‘सिंहदरवार प्रवेश गर्ने सवै नाकामा ११ बजेसम्म हामी घेराऊ गरेर बस्छौ,’ भुषालले भनिन्। उनका अनुसार यतिखेर भद्रकाली, कालिकास्थान, बबरमहल, हनुमानस्थान, थापाथली, बबरमहल, पद्मोदय मोडलगायतका स्थानमा कार्यकर्ता परिचालित भएका छन्। कार्यालय प्रवेश गर्ने समयमा घेराउ कार्यक्रम भए पछि सर्वसाधारण हिडेरै कार्यालय पुगेका छन्।
प्रधान न्यायधिश खिलराज रेग्मी सरकार निमार्णको प्रक्रिया र निर्वाचनको विरोधमा आन्दोलनकारीले ठाउँ ठाउँमा सवारी अवरोध गरेका कारण काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको छ।