यूएईलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा


thumb.php1भोलि अफगानिस्तानसँग उपाधी भिडन्त
२० चैत, काठमाडौं । नेपाल एसीसी ट्वान्टी-२० कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । झण्डै २० हजार दर्शकको उपस्थितिमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले अफगानिस्तानसँगको उपाधी भिडन्त पक्का गरेको हो । फाइनल भिडन्त भोलि बुधबार हुनेछ । यूएईले जितका लागि प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य नेपालले अन्तिम ५ बल बांकी छँदा ४ विकेटको क्षतिमा भेट्टाएको हो । अन्तिम २ ओभरमा १८ रन चाहिएको अवस्थामा विनोद भण्डारीको २ छक्काको मदतमा १९ औं ओभरमा १६ रन जोडेपछि नेपाल जित नजिक पुगेको हो । अन्तिम ओभरको पहिलो बलमा कप्तान पारस खड्काले २ रन दिएपछि ५ बल अघि नै नेपाल विजयी भएको हो ।thumb.php
नेपालका लागि प्रदीप ऐरीले सर्वाधिक ५८ रन जोडे भने सुवास खकुरेलले २२ रन जोडे । ओपनरद्धय प्रदीप र सुवासले ६१ रनको साझेदारी गरे । ज्ञानेन्द्र मल्लले २० रन जोड्दा विनोद भण्डारी १६ र कप्तान पारस खड्का १२ रनमा अविजित रहे । यसअघि त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले व्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा पृथु बास्कोटाले २० रन दिएर ३ विकेट लिए भने शक्ति गौचन र बसन्त रेग्मीले समान २/२ तथा संजम रेग्मीले १ रन लिए ।

म्यान अफ दि म्याच प्रदीप ऐरी र पृथु बास्कोटालाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्रफी दिनु भएको थियो । यस्तै क्यानका अध्यक्ष टंक आङबुहाङले १५ हजार नगद प्रदान गर्नुभयो ।

यसअघि पहिलो सेमिफाइनलमा हङकङलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान उपाधी नजिक पुगेको हो । पहिले व्याटिङ थालेको हङकङले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको अफगानिस्तानले १७ दशमलव १ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

खेलपछि नेपाली टोलीका कप्तान पारस खड्का र प्रशिक्षक पुबुद्धु दशानायकले भोलिको खेलमा पनि जित निकाल्ने बताउनु भयो । टस हार्नु नेपालको पक्षमा रहेको भन्दै पारसले आजको जित भोलि पनि दोहोर्‍याउने बताए । बलिङ सार्फ नभए व्याटिङ चलेको उनको भनाई छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.