काठमाडौं, चैत २० – एसीसी ट्वान्टी-२० कपको सेमिफाइनल खेलमा नेपालले युएईलाई १३३ रनमा रोकेको छ। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो। नेपालका लागि पृथु बास्कोटाले सर्वाधिक ३ विकेट लिए। त्यस्तै बस्न्त रेग्मीले २, शक्ति गौचनले २ र सञ्जम रेग्मीले एक विकेट लिए।
युएईका लागि स्वपनिल पटेलले सर्वाधिक ३७ रन बनाए भने मोहम्मद आजाम २४ रनमा अविजित रहे। आजै बिहानको खेलमा हङकङलाई ७ विकेटले हराउँदै अफगानिस्तान फाइनलमा पुगेको छ।