दोहा,कतार
तमू समाज कतारको संरक्षकत्वमा स्थापित महिला बिभागको आयोजनामा कतारमा कार्यरत तमूस्यो दिदीबहिनीहरुको विचमा भेटघाट तथा परिचयात्मक कार्यक्रम भर्खरै सम्पन्न भएको समाचार छ । गत २९ मार्च शुक्रवारका दिन दोहा स्थिति बु्रस्ली रेष्टुरेण्टको सभा हलमा आयोजित उक्त कार्यक्रममा तमू समाज कतार केन्द्रिय समितिले चेलीबेटी भोजको समेत आयोजना गरेको थियो । महिला बिभागकी संयोजक टौमाया तमूस्योको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा तमू समाज कतारका सल्लाहकार सदस्य तथा एनआरएनए–एनसीसी कतारका अध्यक्ष अमृत तमू थिए भने विशेष अतिथिहरुमा समाजका अध्यक्ष बिमल तमू र निर्देशक सल्लाहकार बुधबल तमू थिए ।
त्यसै गरि सल्लाहकार सदस्य तथा संस्थापक अध्यक्ष राम तमू, सल्लाहकार सदस्यहरु क्रमशः बिलबहादुर तमू, जगन तमू, अमृत घले तमू, बुद्धिराज तमू, समाजका प्रथम उपाध्यक्ष कृष्ण तमू, गैर आवासीय नेपाली तारा २०११ उपाधि विजेता दिनेश लिम्बु, गैर आवासीय नेपाली तारा २०११ नृत्य तर्फ द्वित्तीय भएकी समीक्षा श्रेष्ठ, गैर आवासीय नेपाली तारा २०१० नृत्य तर्फ तृत्तीय भएकी ऋतु मगरका साथै तमू खेलकुद समितिका अध्यक्ष मदन तमू, तमू प्ये ता“ ल्हु ता“ समितिका कार्यवाहक अध्यक्ष तेज तमू, तमू सांस्कृतिक परिवारका अध्यक्ष आसबहादुर तमू, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक भाईकाजि तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक मिनबहादुर तमू, तमू बचत तथा ऋण सहाकारी संस्था लि.का कोषाध्यक्ष बुद्ध तमू लगायत ठूलो संख्यामा तमूस्यो दिदीबहिनी र तमू दाजुभाईहरुको सहभागिता रहेको उक्त कार्यक्रमलाई महिला बिभागकी सहसंयोजक कल्पना तमूस्योले सञ्चालन गरेकी थिईन ।
प्रमुख अतिथि अमृत तमूबाट द्विप प्रज्वलित गरि कार्यक्रमको विधिवत उदघाटन गरिएको थियो भने समाजका प्रथम उपाध्यक्ष कृष्ण तमूले कार्यक्रम वारे प्रकास पार्दै सहभागिहरु सबैलाई मन्तव्य मार्फत स्वागत गरेका थिए ।
माईतिहरुबाट भोजमा निम्तो गरिएकोले चेलीबेटीहरु खालि हात आउनु हुदैन भन्ने तमूहरुको मान्यतालाई कायम राख्दै महिला विभागकी संयोजक टौमाया तमूस्यो र सहसंयोजक कल्पना तमूस्योले चेलीबेटीहरुको तर्फबाट अध्यक्ष बिमल तमूलाई एक डालो सेल रोटी लगायत कोसेली हस्तान्तरण गरेका थिए ।
महिला बिभागका पदाधिकारी तथा सदस्यहरुको व्यक्तिगत परिचयबाट परिचयात्मक कार्यक्रमको शुभारम्भ गरिएको थियो । त्यस पछि क्रमशः तमू समाज कतार अन्तरगतका सबै शाखा समितिका अध्यक्ष तथा संयोजकहरुबाट आआफना समितिका पदाधिकारी तथा सदस्यहरुको परिचय दिने कार्य सम्पन्न भएको थियो । सल्लाहकार सदस्य बिलबहादुर तमूले सल्लाहकार समितिका सदस्यहरुको परिचय गराएका थिए र सदस्यहरु स्वयंले आफनो परिचय दिएका थिए भने केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष बिमल तमूले परिचय गराएका थिए । सहभागिहरुले आआफनो परिचय स्वयं आफैले दिने व्यवस्था मिलाईएको थियो ।
केन्द्रिय समितिले आयोजना गरेको चेलीबेटी भोज सुरु भए पछि रमाईलो गीत संगीतको साथमा आकर्षक नृत्य पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रमको पहिलो कोसेलीको रुपमा गैर आवासीय नेपाली तारा २०११ विजेता दिनेश लिम्बुको भर्खरै बजारमा आएको यात्रा जिन्दगीको नामक गीती एलबमको कर्णप्रिय गीत प्रस्तुत गरिएको थियो । गीत निकै कर्णप्रिय भएको कुरा दर्शक श्रोताहरुको प्रतिकृया रहेको थियो । त्यसै गरि गैर आवासीय नेपाली तारा २०११ मा नृत्य तर्फ द्वित्तीय भएकी समिक्षा श्रेष्ठ र कतारमा निकै चर्चामा रहेकी नृत्याङगना यशोदा बस्नेतको युगल नृत्य कार्यक्रमको अर्को आकर्षण थियो । सांस्कृतिक कार्यक्रम प्रस्तुतिको क्रममा चर्चिच लोक गायक दयाराम तमूको चोटीलो प्रहसन र सालैजो गीतमा हल नै झुमेको महसुस हुन्थ्यो । साथै अन्य कलाकारहरुको प्रस्तुतिले साचो अर्थमा कार्यक्रमलाई निकै रमाईलो बनाउन मद्दत पु¥याएको थियो ।
कतारमा पहिलो पटक आयोजना गरिएको यो कार्यक्रम अत्यन्त उपयुक्त भएको सहभागिहरुको राय थियो । यस्ता कार्यक्रमहरुले बिसुद्ध रुपमा तमूहरुको मौलिक परम्परालाई जगेर्ना गर्न र एक आपसमा भाईचारा र आत्मियता बढाउन ठूलो मद्दत पुग्ने बताईएको थियो । तमू समाज कतारका शाखा समितिका पदाधिकारी तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा यस्ता विचारहरु प्रस्तुत गरेका थिए । यसरी विचार व्यक्त गर्ने वक्ताहरुमा अध्यक्ष बिमल तमू, सल्लाहकार सदस्य जगन तमू लगायत शाखा समितिका प्रमुख तथा प्रतिनिधिहरु थिए । पुर्वाञ्चल सम्पर्क समितिका सचिव हरिकाजि तमूले तमू भाषामा शुभकामना मन्तव्य दिन गरेको प्रयासलाई सबैले सरहाना गरेका थिए । वास्तवमा हरिकाजि तमूको उक्त प्रयास आफनै तमू भाषा नजानेर अन्योलमा परेका तमाम तमूहरुलाई प्रेरणा दिने खालको थियो ।
कार्यक्रम आयोजना गर्न सफल महिला बिभागका पदाधिकारी तथा सदस्यहरुलाई समाजको तर्फबाट अध्यक्ष बिमल तमूले पछ्यौरी ओडाई सम्मान गरेका थिए । पछ्यौरीब्ँँट सम्मानित हुने महिला बिभागकी संयोजक टौमाया तमूस्यो, सहसंयोजक कल्पना तमूस्यो र सदस्यहरुमा क्रमशः डिलकुमारी तमूस्यो, पुनम तमूस्यो, प्रतिक्षा तमूस्यो, श्रृजना तमूस्यो र माया“ तमूस्यो थिए ।
कार्यक्रमको अन्तमा महिला बिभागकी संयोजक तथा कार्यक्रमकी सभापति टौमाया तमूस्योले कार्यक्रम सफल बनाउन सहयोग गर्ने केन्द्रिय समिति, सबै शाखा समिति र बिभागका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद व्यक्त गरिन । संस्था हाम्रो पवित्र मन्दिर हो यसलाई तपाई हामीले नै जोगाउनु पर्छ र मज्बुत बनाउनु पर्छ । यि कार्यहरु तब मात्र सम्भव छन जब तपाई हामी सबै यसमा सहभागि हुन्छौं । त्यसैले यस संस्थामा सहभागि हुन कतारवासी तमू दाजुभाई तथा तमूस्यो दिदीबहिनीहरुलाई संयोजक टौमायाले अव्हान गरिन । हामी प्रवासमा छौं, यस अवस्थामा विभिन्न खाले समस्याहरु हामी माथि आई पर्न सक्छन । त्यस्ता समस्याहरुको समाधान गर्न हामी विचमा परिचय, भेटघाट र छलफल हुनु अत्यन्त जरुरी छ । साथै हाम्रो मौलिक परम्पराको जगेर्ना गर्न पनि यस प्रकारको कार्यक्रमहरुको आयोजना गर्नु पर्ने हुन्छ । त्यसै उद्देश्यले पनि आजको यो भेटघाट कार्यक्रमको आयोजना गरिएको वारे उनले प्रष्ट पारीन । यस्तो खालको कार्यक्रमहरु आगामी दिनमा पनि आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गर्दै कतारवासी तमू दाजुभाई तथा दिदीबहिनीहरुको आजको जस्तो सहयोग आउने दिनमा पनि बिभागले पाउने अपेक्षा गरेको बताउदै सभापित टौमाया तमूस्योले कार्यक्रम समापन भएको घोषणा गरिन ।