भोलि अफगानिस्तानसँग उपाधी भिडन्त
२० चैत, काठमाडौं । नेपाल एसीसी ट्वान्टी-२० कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । झण्डै २० हजार दर्शकको उपस्थितिमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले अफगानिस्तानसँगको उपाधी भिडन्त पक्का गरेको हो । फाइनल भिडन्त भोलि बुधबार हुनेछ । यूएईले जितका लागि प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य नेपालले अन्तिम ५ बल बांकी छँदा ४ विकेटको क्षतिमा भेट्टाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/04/2013
यूएईलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा
Posted in खेलकूद
नेपालले युएईलाई १३३ रनमा रोक्यो
काठमाडौं, चैत २० – एसीसी ट्वान्टी-२० कपको सेमिफाइनल खेलमा नेपालले युएईलाई १३३ रनमा रोकेको छ। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो। नेपालका लागि पृथु बास्कोटाले सर्वाधिक ३ विकेट लिए। त्यस्तै बस्न्त रेग्मीले २, शक्ति गौचनले २ र सञ्जम रेग्मीले एक विकेट लिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
३३ दलले सिंहदरबार घेर्यो, यातायात अवरुद्ध
प्रकाश तिमल्सिना, काठमाडौं, चैत २० – नेकपा माओवादीसहित ३३ दलले सिंहदरवार घेराऊ कार्यक्रमका कारण काठमाडौं उपत्यकाको ट्राफिक अस्तब्यस्त भएको छ। बिहान ९ बजे देखि सुरु भएको भएको घेराऊ कार्यक्रम ११ बजेसम्म चल्ने माओवादी प्रवक्ता पम्फा भुषालले बताइन्।
‘सिंहदरवार प्रवेश गर्ने सवै नाकामा ११ बजेसम्म हामी घेराऊ गरेर बस्छौ,’ भुषालले भनिन्। उनका अनुसार यतिखेर भद्रकाली, कालिकास्थान, बबरमहल, हनुमानस्थान, थापाथली, बबरमहल, पद्मोदय मोडलगायतका स्थानमा कार्यकर्ता परिचालित भएका छन्। कार्यालय प्रवेश गर्ने समयमा घेराउ कार्यक्रम भए पछि सर्वसाधारण हिडेरै कार्यालय पुगेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कतारमा चेलिबेटी भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न
दोहा,कतार
तमू समाज कतारको संरक्षकत्वमा स्थापित महिला बिभागको आयोजनामा कतारमा कार्यरत तमूस्यो दिदीबहिनीहरुको विचमा भेटघाट तथा परिचयात्मक कार्यक्रम भर्खरै सम्पन्न भएको समाचार छ । गत २९ मार्च शुक्रवारका दिन दोहा स्थिति बु्रस्ली रेष्टुरेण्टको सभा हलमा आयोजित उक्त कार्यक्रममा तमू समाज कतार केन्द्रिय समितिले चेलीबेटी भोजको समेत आयोजना गरेको थियो । महिला बिभागकी संयोजक टौमाया तमूस्योको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा तमू समाज कतारका सल्लाहकार सदस्य तथा एनआरएनए–एनसीसी कतारका अध्यक्ष अमृत तमू थिए भने विशेष अतिथिहरुमा समाजका अध्यक्ष बिमल तमू र निर्देशक सल्लाहकार बुधबल तमू थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
UAE Exchange Transact & Win Contest 2013 “1st Monthly Draw”
UAE Exchange, a leading global remittance and foreign exchange brand conducted the 1st monthly electronic draw for the ongoing Transact & Win contest 2013 at UAE Exchange Head Office, in presence of Ministry Officials. Customers who had send money online through www.uaeexchnagekuwait.com will automatically qualify for the monthly draws. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English News