सुरेश गुरुङ,कुवेत
प्रबासमा जागिरे जिन्दगीमा १२ ,१४ घण्टा काममा व्यास्त हुँदापनी कतिपय नेपालीहरुलाई आफुले पढेको बिध्यालय,जन्मेको ठाउँ र समाजलाई केही सुधार्न सकिन्छ कि भनेर समय दिने र चिन्तनमनन गर्ने ब्यक्तिहरु रहेका छन। माउन्ट एभरेष्ट स्पोर्टईङ क्लबका सचिब ईन्द्र भुसाल त्यस्तो ब्यक्तित्व हो जसले आफुले पढेको बिद्यालयको लागि कुवेत देखी सहयोग उठाउदै र आफुले समेत आर्थिक सहयोग गरेर बिद्यालयमा परिवर्तनको रेखा कोर्नु भएको छ भने भुतपुर्व विद्यार्थी मञ्च श्री स्वधर्म मा बि पाखापानी २ पर्बत मार्फत पुर्व विद्यार्थीहरुलाई सामाजिक कार्यको एउटै मालामा गास्ने काम पनि भएको छ ।
सामाजिक कामकै शिलशिलामा कास्की जिल्ला सल्यान गाबिस वार्ड न् ९ (हाल अष्ट्रेलिया )मा बसोबाश गर्ने र पोखराको लेकसाईडमा Hotel bougainvillea सन्चालन गर्दै आउनु भएका चिन बहादुर नेपालीले पर्बत जिल्लाको क्षेत्र नम्बर दुई पाखापानी गा बि स को श्री स्वधर्म मा बि को बिकासको लागि भुतपुर्व विद्यार्थी मञ्चको काम प्रती खुशी ब्यक्त गर्दै ने रु ६१,००० आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको हो । आफ्नो जन्मथलोको बिध्यालयमा आफ्नै ब्यक्तिगत लगानिमा ३ बर्ष सम्म शिक्षकको तलब भरेर सामाजिक काम गरेका उहाले गाउ कै अर्को बिध्यालय र कास्कीको घाचोकको बिध्यालयलाई पनि ५० हजार आर्थिक सहयोग गर्नु भएको थियो। SLC दिने धेरै विद्यार्थीलाई सहयोग गर्नु भएका चिन बहादुर नेपाली अष्ट्रेलियाको नेपाली समाजमा एक परिचित नाम हो । सामाजिक काम देखी राजनीतिमा समेत चासो राख्ने उहाले मञ्चले गरेको कामको प्रसंशा समेत गर्नु भयो ।