Monthly Archives: अप्रील 2013

मगर सँघ कुवेतले मृतक सबिता आले मगरको परिवारलाई आर्थिक सहयोग पठायो


मगर सँघ, कुवेत

photoताप्लेजुङ्ग जिल्ला, चाँगे गाबिस वडा नं १ निवासी बखत बहादुर आलेमगरकी छोरी सबिता आलेमगर आफ्नो सुन्दर भबिष्य र पारिवारिक सुख-चयनका सपनाहरु बुन्दै बैदेशिक रोजगारिको शिलशिलामा आफ्नो मातृभूमि तथा घर परिवारलाई छाडेर पौष २०६६ मा मरुभुमिको देश कुवेत आई पुगिन । पढ्नेक्रम जारी राख्नुहोस्

कोरियाका राजदूत भन्छन्- नेपालीको कामै बोरा उचाल्ने


kamansingh-lama1इपीएस परीक्षामा सय किलोको बोरा राख्न सुझाव
१७ वैशाख, काठमाडौं – वैदेशिक रोजगारीका लागि नेपालीहरुको महत्वपूर्ण गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले कोरियामा काम गर्ने अवैधानिक नेपाली कामदारहरु त्यहाँको मुख्य समस्या समस्या रहेको बताउनुभएको छ ।कोरिया जाने नेपालीले ध्यान दिनुपर्ने कुरा के हो भनेर अनलाइनखबरले सोधेको प्रश्नमा राजदुत लामाको जवाफ छ- ‘मेरो प्रस्तावचाहिं के छ भने इपीएस परीक्षामा भाषामा राम्रो नम्बर हैन, एउटा सय किलोको बोरा राखियोस्, उठाउन सक्छ जावोस्, सक्दैन नजाओस् ।’ पढ्नेक्रम जारी राख्नुहोस्

“गजल”


प्रेम कटवाल (हाल कुवैत)

487488_2932244401849_1037404109_n

तिम्रो माँया अबिछिन्न, बहिरहने मूल भयो,
बिना सिजन फुल्ने मेरो, बेमौशमी फूल भयो।

ब्यर्थै खोजें सजाउन, दुई आँखाको नानी भरि,
नपाउने तिम्रो माँया, सजाउनु भूल भयो। पढ्नेक्रम जारी राख्नुहोस्

निर्वाचन आयोगमा एमाले-माओवादी विवाद, प्रहरी परिचालन


काठमाडौं – निर्वाचन आयोगमा दल दर्ता गर्ने विषयमा एकीकृत नेकपा माओवादी र नेकपा एमालेका केन्द्रीय नेताहरुबीच विवाद भएको छ। आफू निर्वाचन आयोग पहिले पुगेको र पहिलो दर्ता आफ्नो पार्टीको हुनुपर्ने दावी एमाले र माओवादी दुबैले गरेपछि विवाद चर्किएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

डिभिजन थ्री क्रिकेटमा नेपालको लगातार दोस्रो हार


१७ बैशाख, काठमाण्डौ । बर्मुडामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा लगातार दोस्रो हार व्यहोरेको छ । गएराति भएको आफ्नो खेलमा नेपाल युगाण्डासंग ६ विकेटले पराजित भएको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले ४४.२ ओभरमा सवै विकेट गुमाएर १ सय १६ रन मात्र बनायोnepali-circket

नेपालका लागि प्रदिप ऐरीले २४, शक्ति गौचनले २१, पृथु बास्कोटा तथा विनोद भण्डारीले समान १८ र ज्ञानेन्द्र मल्लले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । अमृत भट्टराई र शरद भेष्वाकर खाता नै नखोली पेविलियन फर्किए । पढ्नेक्रम जारी राख्नुहोस्

कतारलाई ‘खुल्ला जेल’ भनेकोमा राजदूतमाथि स्पष्टीकरण


काठमाडौं,१७ वैशाख। कतारकी राजदूत मायाकुमारी शर्माले ‘कतार भनेको खुला जेल हो’ भनी एक 47993_637041192989572_562154833_nटेलिभिजन कार्यक्रममा दिएको धारणाले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गरेको छ। राजदूत शर्माले बीबीसी साझा सवालमा अन्तर्वार्ता दिने क्रममा सम्बन्धीत कम्पनीबाट ‘नो अब्जेक्सन लेटर’ (ख्रुज) नलिइ देश-कतार) छाड्न नपाउने प्रावधानका आधारमा कतारलाई खुल्ला जेल भनेर टिप्पणी गरेकी थिइन्।

’काठमाडौंस्थित कतारी दुतावासले पनि राजदुत शर्माको धारणाप्रति ध्यानाकर्षण जनाउादै परराष्ट्रसँग थप जानकारी माग गरेको छ,’परराष्ट्रमा मध्यपुर्व शाखा हेर्ने एक अधिकारीले भने-’राजदुत शर्माका यस्ता अभिव्यक्ति र कतारमा रहेका श्रमिकको जनगुनासो आधारमा उनलाई स्पष्टीकरण माग गरिने भएको समाचार कान्तिपुर दैनिकले छापेको छ।’ पढ्नेक्रम जारी राख्नुहोस्

कविता “कोलोराडो”


इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्
Rakesh Karki1
जमेका ति झरना
जमेकै ताल साना
घुमेको पहाडी बाटो
सिमभन्ज्याङ झैँ कोलोराडो

हुस्सु छिचोल्दै रविको किरण
यत्र तत्र कुद्छन् हरिण
हाम्रो परिवार चढेको गाडी
बढ्दै गयो माथी माथी अगाडी पढ्नेक्रम जारी राख्नुहोस्

सहसचिवहरूद्वारा आन्दोलन घोषणा


बलराम बानियाँ
image.phpकाठमाडौ, वैशाख १६ – निजामती सेवाका सहसचिवहरूले आफ्नो सेवाका सचिवमा न्याय सेवा आयोगका प्रथम श्रेणीका अधिकृतसमेत बढुवा गर्ने व्यवस्था रोक्न तत्काल निजामती ऐन संशोधनका लागि अध्यादेश जारी गर्न सरकारसित माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । निजामती सेवाका करिब तीन सय सहसचिवले आइतबार सामान्य प्रशासन सचिव दुर्गानिधि शर्मालाई भेटी सर्वोच्च अदालतबाट निजामती सेवाका सम्पूर्ण कर्मचारीको ‘वृत्ति विकासमा नकारात्मक असर पार्ने’ फैसला कार्यान्वयन हुन नदिन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्