काठमाडौँ, चैत १८ – काठमाडौँमा भइरहेको एसिसी ट्वान्टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन विश्वविद्यालय मैदानमा भएको आजको खेलमा सिंगापुरलाई १२१ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। विनोद भण्डारीको अर्धशतकसँगै कप्तान पारस खड्काको ४४, उपकप्तान ज्ञानेन्द्र मल्लको ११ बलमै चार छक्का र १ चौकासहित ३० रनको आक्रामक पारी, ११ बलमा ३ छक्कासहित २६ रन अनि प्रदीप ऐरीको ३० रनको मद्धतले नेपालले ठूलो स्कोर खडा गर्न सकेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: मार्च 2013
सिंगापुरलाई १२१ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा
Posted in खेलकूद
सर्त पूरा गरे चुनावमा जाने
काठमाडौं, चैत १८ – उपेन्द्र यादव नेतृत्व मधेसी जनअधिकार फोरम, नेपालसहितका आठ दल आबद्ध संघीय लोकतान्त्रिक मोर्चाले आफ्ना चार सर्त पूरा भए निर्वाचनमा सहभागी हुने जनाएको छ। खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले वार्ताका लागि आह्वान गरेलगतै तेस्रो चरणको आन्दोलनरत मोर्चाले आफ्ना सर्तलाई पूरा गरे निर्वाचनमा मोर्चा सहभागी हुने फोरम महासचिव रामसहाय यादवले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सिंगापुरलाई नेपालले दियो प्रतियोगिताकै विशाल लक्ष्य
काठमाडौँ, चैत १८ – काठमाडौँमा भइरहेको एसिसी ट्वान्टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन विश्वविद्यालय मैदानमा भएको आजको खेलमा सिंगापुरलाई नेपालले २११ रनको लक्ष्य दिएको छ। यो यस प्रतियोगिताकै विशाल लक्ष्य हो। विनोद भण्डारीको अर्धशतकसँगै कप्तान पारस खड्काको ४४, उपकप्तान ज्ञानेन्द्र मल्लको ११ बलमै चार छक्का र १ चौकासहित ३० रनको आक्रामक पारी, ११ बलमा ३ छक्कासहित २६ रन अनि प्रदीप ऐरीको ३० रनको मद्धतले नेपालले ठूलो स्कोर खडा गर्न सकेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
रेग्मी सरकार चुनाव सार्ने पक्षमा
असारमा चुनाब नभए के हुन्छ ?
समीर शर्मा
खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी सरकारको निर्माण भएको २ हप्ता नाघेको छ । तर, निर्वाचनको मिति घोषणा गर्ने कुनै तयारी छैन । सरकारको काम कछुवाको गतिमा छ । सरकार निर्माण हुनुअघि रेग्मीले जेठ असारमा नै निर्वाचन सभ्भव छ भन्थे । त्यसैगरी निर्वाचन आयोगको प्रमुख हुनुभन्दा अगाडि नीलकण्ठ उप्रेती जेठ-असारमा नै निर्वाचन सम्भव हुन्छ भन्थे । तर, अहिले सबैजना चुपचाप छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपालद्धारा मलेसिया १९ रनले पराजित
सेमिफाइनल प्रवेशको सम्भावना बलियो
१७ चैत,- एसीसी ट्वान्टी-२० कप क्रिकेटमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ । यससँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । ‘आजको दिनको दिन हाम्रो लागी राम्रो रहृयो’ खेलपछि प्रशिक्षक पुबुद्धु दशानायकले भने-’हाम्रो सेमिफाइनल प्रवेशको सम्भावना ९० प्रतिशत छ ।’ कप्तान पारस खड्काले आज धेरै दबाव भएपनि जितका लागि ढुक्क भएर खेलेको बताए । अघिल्लो चरण प्रवेशको सम्भावना बलियो भएपनि माल्दिम्सले पनि जितेकाले सिंगापुरविरुद्धको खेलमा केही दबाव हुने बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
अमेरिकी ग्रिनकार्डले तानेन कल्पनाको मन
१५ चैत, काभ्रे – २० बर्षदेखि अमेरिकाको भर्जिनियमा बस्दै आएकी कल्पना क्षेत्री डेढ महिनाको बिदा मनाउन नेपाल आएकी थिइन् । तर, अमेरिकामा रियलइस्टेट व्यवसाय गर्ने कल्पनाको मन नेपालमै रमायो । डेढ बर्षदेखि छोरा अवेकसँग यतै रमाइरहेकी कल्पनाले कृषिको बढ्दो व्यावसायिकतालाई राम्ररी बुझिन् र त्यसैमा होमिइन् । अहिले उनकै नेतृत्वमा सात जनाको समूहले काभ्रेको रविओपीमा शुभारम्भ कृषि फार्म सुरु गरेको छ । फार्ममा स्थानीय १५ जनाले समेत रोजगारी पाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध