सुत्केरी महिलालाई बलात्कार गर्ने पक्राउ


१५ फागुन, धादिङ – घरभित्र सुत्ने स्थान नभएर पिँडीमा सुतेकी एक चेपाङ सुत्केरी सोमबार राति १२ बजे बलात्कृत भएकी छन् ।धुषा गाविस-९ ग्रन्सीवास निवासी ४२ वर्षीय मीनबहादुर आलेमगरले सुत्केरीलाई बलात्कार गरेकाले स्थानीयवासीको सहयोगमा प्रहरीले उनलाई हिजो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

पीडित महिलाको पति घरमा नभएको अवस्थामा सुत्केरीलाई बलात्कार गरेकाले कडा कारबाही गर्नुपर्ने माग गर्दै पीडितका पतिले जिल्ला प्रहरी कार्यालय धादिङमा हिजै जाहेरी दर्ता गराएका छन् । पीडक आलेमगरविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको र पीडकलाई सोहीअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । पीडित महिलाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । रासस

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.