पारसको स्वास्थ्य उस्तै


imageरामचन्द्र गिरी  क्वालालम्पुर, फाल्गुन १६ – हृदयाघातका कारण एक साताअघिदेखि थाइल्यान्डको बैंककमा उपचारत पारस शाहको स्वास्थ्यस्थिति अझै सुधि्रएको छैन । समितिवेज अस्पतालद्वारा मंगलबार जारी विज्ञप्तिमा उनको स्वास्थ्यस्थिति निकै नाजुक तर स्थिर रहेको उल्लेख छ । ‘शरीरको तापक्रममा क्रमिक सुधार भइरहेको छ,’ बैंककस्थित शाहनिकट स्रोतले मंगलबार कान्तिपुरसित भन्यो, ‘उहाँ अझै अचेत अवस्थामै हुनुहुन्छ । अझै आशालाग्दो सुधार भएको छैन ।’

दोस्रोपटक हृदयाघात भएपछि एक साताअघि उनी उपचारार्थ बैंककस्थित समितिवेज अस्पताल भर्ना भएका थिए । त्यसयता शाहले भेन्टिलेटरको सहायताले श्वासप्रश्वास गरिरहेका छन् । शाहको स्वास्थ्यस्थिति र उपचारविधि’bout सोमबार बेलुका बैंकक अस्पतालका मुटुरोगसम्बन्धी वरिष्ठ चिकित्सक र समितिवेज अस्पतालका चिकित्सिकबीच छलफल भएको थियो । छलफलपछि शाहको दुवै अस्पतालका चिकित्सकले सामूहिक रूपमा उपचार गरिरहेका छन् । स्रोतका अनुसार मंगलबार बेलुका उनीहरूले उपचारविधि’bout थप छलफल गरेका छन् । सोमबारदेखि बैंकक अस्पतालका दुईसहित ६ चिकित्सक पारसको उपचारमा सक्रिय छन् । त्यसअघि ४ चिकित्सक थिए ।

शनिबार उनको पेटमा भएको आन्तरिक रक्तस्राव आइतबार अपराह्न रोक्न चिकित्सकहरू सफल भएका थिए । शाहलाई अचेत अवस्थामै राखेर उपचार गरिएको चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बतायो । उनीहरूले शाहको शरीरको तापक्रममा क्रमिक सुधार देखिँदै आएपछि त्यसको नियन्त्रणका लागि प्रयोग गरिएको औषधिको मात्रा पनि घटाउँदै लगिएको बताएका थिए ।

हेरचाहका लागि पत्नी हिमानीसहित पूर्वराजपरिवार सदस्य तथा नातेदार पाँच दिनयता बैंककमै छन् । सिमराको भ्रमण छोट्याएर पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल बुधबार आउँदैछन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.