Daily Archives: 27/02/2013

पारसको स्वास्थ्य उस्तै


imageरामचन्द्र गिरी  क्वालालम्पुर, फाल्गुन १६ – हृदयाघातका कारण एक साताअघिदेखि थाइल्यान्डको बैंककमा उपचारत पारस शाहको स्वास्थ्यस्थिति अझै सुधि्रएको छैन । समितिवेज अस्पतालद्वारा मंगलबार जारी विज्ञप्तिमा उनको स्वास्थ्यस्थिति निकै नाजुक तर स्थिर रहेको उल्लेख छ । ‘शरीरको तापक्रममा क्रमिक सुधार भइरहेको छ,’ बैंककस्थित शाहनिकट स्रोतले मंगलबार कान्तिपुरसित भन्यो, ‘उहाँ अझै अचेत अवस्थामै हुनुहुन्छ । अझै आशालाग्दो सुधार भएको छैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्

सुत्केरी महिलालाई बलात्कार गर्ने पक्राउ


१५ फागुन, धादिङ – घरभित्र सुत्ने स्थान नभएर पिँडीमा सुतेकी एक चेपाङ सुत्केरी सोमबार राति १२ बजे बलात्कृत भएकी छन् ।धुषा गाविस-९ ग्रन्सीवास निवासी ४२ वर्षीय मीनबहादुर आलेमगरले सुत्केरीलाई बलात्कार गरेकाले स्थानीयवासीको सहयोगमा प्रहरीले उनलाई हिजो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विकासराज खनालले बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

विद्यार्थी सङ्गठनबीच झडप हुँदा विद्यार्थी घाइते, क्याम्पस तनाबग्रस्त


भक्तपुर, फागनु १६ – खेलकुद सप्ताह मनाउने’boutमा दुईपक्षीय विद्यार्थीबीच विवाद बढेपछि सानोठिमी क्याम्पस तनाबग्रस्त बनेको छ। स्वतन्त्र विद्यार्थी युनियन सानोठिमीले भोलिदेखि २३ गतेसम्म सञ्चालन गर्न लागेको सहिद सप्ताह खेलकुद २०६९ को विषयमा अखिल क्रान्तिकारी र नेविसङ्घ तथा अनेरास्ववियूबीच विवाद भएको थियो । झडपमा दुबै पक्षका एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्