Daily Archives: 22/02/2013

मोबाइल फोनमा कतिधेरै किटाणु ?


mobileहामीले प्रयोग गर्ने मोबाइल फोन शौचालय भन्दा पनि फोहोर हुने र त्यसमा सयौँ प्रकारका किटाणु हुने कुरा विज्ञहरुले बताउने गरेका छन् । मोबाइलमा हातबाट, मुखबाट तथा बाहिरी वातावरणबाट समेत किटाणुहरु जम्मा हुने गर्छन् । बेलायतको सुरे विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हाम्रो मोबाइल फोनमा असंख्य ब्याक्टेरिया हुने तथ्यलाई हालै सप्रमाण प्रस्तुत गरेका छन् । मोबाइल फोनमा रहेका ब्याक्टेरियालाई ३ दिनसम्म हुर्कन दिएर उनीहरुले त्यसमा कति प्रकारका कस्ता ब्याक्टेरिया हुन्छन् भन्ने कुरा स्पष्ट तस्वीर मार्फत देखाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

पारसको अवस्था ‘आशा मात्रै’


paras1काठमाडौं, फागुन ११ – हृदयघातपछि अचेत पूर्वयुवराज पारस शाहको उच्चज्वरो नियन्त्रणमा आए पनि स्वास्थ्यमा उल्लेख्य सुधार आएको छैन। बैंककस्थित समितिभेज अस्पतालको सिसियुमा उनी अझै अचेत अवस्थामा छन्। पारसकी बहिनी प्रेरणासँगै बैंकक गएका डा. राजीव शाहीको रेखदेखमा उनको उपचार भइरहेको छ। बिहीबार राजीवबाहेक अरु कसैले उनलाई भेटन पाएनन्। राजीव निकटस्रोतका अनुसार बुधबार बेलुका पारसलाई अस्पतालकै सुविधासम्पन्न शाखामा लगिएको छ। बुधवार बेलुका बढेको ज्वरो बिहीबार दिउँसोसम्म सामान्य अवस्थामा फर्किएको छ। बुधबारको परीक्षणमा केही बढेको मुटुको आकार बिहीबार सामान्य देखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्