२१ दलको आपत्ति


imageकाठमाडौ, फाल्गुन १० – एक्काइस राजनीतिक दलले ठूला चार शक्तिले एकलौटी ढंगले निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । सरकारमा रहेका संघीय सद्भावना, माले-समाजवादी, नेपाः पार्टी र चुरे भावर राष्ट्रिय एकता पार्टीसहित २१ दलको बुधबार बसेको बैठकले सबैको सहमति लिएर अघि बढ्न सचेत गराएको हो । ‘राष्ट्रपति भवन केही दलको कार्यालय बन्नु नेपाली जनता र दलीय पद्धतिको अपमान हो,‘ २१ दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चुनाव गराउने नाममा देशमा शक्ति सन्तुलनको सिद्धान्त मास्न पाइँदैन ।’ निर्णयमा उद्योगमन्त्री अनिलकुमार झा, माले-समाजवादीका महासचिव तिलक थापामगर, नेपाः का विजयप्रकाश सैंजुसमेतले हस्ताक्षर गरेका छन् । सरकारी गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले पनि त्यसमा सहमति जनाएका छन् । यसैबीच, संघीय लोकतान्त्रिक मोर्चाले पनि विज्ञप्तिमार्फत चारदलीय सहमतिप्रति आपत्ति जनाएको छ । मोर्चाले स्वतन्त्र न्यायपालिकाको अवधारणा, शक्ति पृथकीकरणको सिद्धान्त र लोकतान्त्रिक मूल्य मान्यताअनुसार कार्यपालिका र न्यायपालिकाको नेतृत्व एकै व्यक्तिमा हुन नहुने धारणा राखेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.