पारस अझै अचेत, ‘आशा गर्न सकिने सुधार’ आएन


nepal_1785414cकाठमाडौं, फागुन १० – टाउकोको सिटीस्यानमा गम्भीर समस्या नदेखिए पनि हृदयघातले गम्भीर अस्वस्थ पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा ‘आशा गर्न सकिने’ सुधार आएको छैन। अस्पतालस्रोतका अनुसार परीक्षणमा उनको दिमागी अवस्था बन्द नभएको देखिएको छ। बुधबार बिहान आँखाको ढकन केही हल्लिएझैँ देखिए पनि होस खुलेको छैन। मंगलबार बेलुका सिसियु भर्ना गरिएका उनको अवस्था बुधबार पनि स्थिर रहेको चिकित्सकलाई उद्धृत गर्दै थाइल्यान्डका लागि कार्यबाहक नेपाली राजदूत डोरनाथ अर्यालले जानकारी दिए। ४२ वर्षीय पारसलाई मंगलबार बेलुका हृदयघात भएको थियो। अचेत अवस्थामा रहेका उनको बैंककस्थित समतिभेद सुनाकरिन अस्पतालमा उपचार जारी छ।

बुधबार सिटीस्क्यानमा बढी क्षति नदेखिएको, तर उनी होसमा नआएसम्म केही भन्न नसकिने जनाएको अर्यालले नागरिकलाई फोनमा बताए। राजदूत अर्याल बुधबार दिउँसो पारसको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए। ‘बिहान भेट्न गएको थिएँ, होसमा छैनन्,’ उनले नागरिकसँग भने, ‘चिकित्सकले टाउकोमा जटिल समस्या नदेखिए पनि अहिले नै केही भन्न सकिन्न भने।’

बैंककमा थाई युवती र गैरआवासीय नेपाली संघका सचिव सुनिल खड्कासँगै बस्दै आएका उनलाई मंगलबार नेपाली समयअनुसार बेलुका आठ बजे हृदयघात भएको थियो। उनलाई थाई सहयोगी कन्निका चाइसानले बैंककको अस्पताल पुर्‍याएकी थिइन्।सुरुमा आइसियुमा उपचार गर्दा अवस्था सुधार नभएपछि चिकित्सकले सिसियुमा राखेर उपचार गरिरहेका छन्। बुधबार बेलुनको सहायताले उनको मुटुको भल्ब खोल्ने चिकित्सकको प्रयास पनि सफल भएन।

उपचारमा सहयोग गरिरहेका खड्काका अनुसार चिकित्सकले मंगलबारको तुलनामा बुधवार थोरै सुधार आएको बताएका छन्। तर, एमआरआई रिपोर्ट नआएसम्म यकिन केही बताउन नसकिने चिकित्सकलाई उद्धृत गर्दै खड्काले बताए। उनका अनुसार थप उपचारका लागि अस्पताल परिर्वतन गर्ने तयारी गरिएको छ। सिनाखारिदमा रहेको समतिभेद अस्पतालबाट सोही अस्पतालको सुकुम्भित शाखामा लैजाने तयारी गरिएको उनले जानकारी दिए।

बहिनीमात्रै बैंकक
पारसलाई हृदयघात भएको जानकारी आएपछि उनकी श्रीमती पूर्व युवराज्ञी हिमानीलाई पारसको उपचारमा सहयोगका लागि बैंकक पठाउने पूर्वराजपरिवारले तयारी गरेका थिए। तर, बुधबार बहिनी प्रेरणा पाँचजनाको टोली लिएर बैंकक गइन्। पारसकी छोरी कृतिकालाई एपेन्डिसाइटिक्स समस्या भएपछि हिमानी बैंकक जाने तयारी रोकिएको हो। मंगलबार नै कान्छी छोरी कृतिकालाई सिमराबाट काठमाडौं ल्याएर नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ।

प्रेरणासँग पूर्वअधिराजकुमार धीरेन्द्रकी छोरीज्वाइँ पूजा शाही र डा. राजीव शाही, दिलासा र आदर्शविक्रम राणा थाई एयरको उडानबाट बैंकक पुगेका छन्। बुधबार पारसको स्थिति बुझेका उनीहरु निराश देखिएका थिए। उनीहरु पाँचैजना फोरविङ होटलमा बसेका छन्।
बुहारी नातिनीको उपचारका लागि काठमाडौं आए पनि पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाह सिमरामै छन्।

 ज्ञानेन्द्र सिमरामै

उपेन्द्र यादव, बारा- पारस थाइल्यान्डको अस्पतालमा सिकिस्त रहे पनि उनका बाबु पूर्व राजा ज्ञानेन्द्र शाह बारास्थित आफन्तकहाँ बसिरहेका छन्। छोराको हृदयघात भएको खबर पाएर पनि उनी पत्‍नी र नातिसहित सिमरास्थित प्रभुशम्शेर राणाको घरमा बसिरहेका छन्। करिब दुई हप्तादेखि सिमरामा बसिरहेका ज्ञानेन्द्र शाह त्यहाँका स्थानीय मन्दिरमा पूजापाठ गर्ने उद्देश्‍यले गएको बताइएको थियो।
एक साताअघि सिमरा गोल्डकपको सेमिफाइनल खेल हेर्न रंगशाला पुगेका उनी अरु बेला घरभित्रै दैनिकी बिताइरहेका उनका निजी सचिव सागर तिमिल्सिनाले नागरिकन्युजलाई बताए। ज्ञानेन्द्रसँगै पुगेकी नाति कृतिकाको पेट दुखेपछि उपचारका लागि उनलाई मंगलबार काठमाडौं लगिएको तिमिल्सिनाले बताए। नाती हृदयेन्द्र शाह अझै पनि हजुरबुबासँगै सिमरामा बसिरहेका छन्।

बाबुले छोराको हृदयघातप्रति चासो नलिएको देख्‍दा सिमराबासीले कतै उनीहरुको सम्बन्ध चिसिएको त हैन भन्ने अडकलबाजी गरिरहेका छन्।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.