नेपालका सुपरस्टार राई हस्तिहरुको प्रस्तुती नजिकिंदै, साथमा डान्सर रोमा न्यौपानेले धमका मच्याउने


सुरेश गुरुङ, कुबेत

563430_4161201519131_1009898258_nआगमी मार्च ८ तारिखको दिन कुबेतको जिलिबस्थित इण्डियन इन्टिग्रेटेड स्कुलमा मेची महाकाली बृद्धाश्रमको सहयोगार्थ आयोजना गरिने कल्चरल च्यारिटी शो मा नेपालको सांगितिक क्षेत्रका चर्चित हस्तिहरु राजेश पायल राई र नेपाली माईकल ज्याक्सन भनेर चिनिने पप गायक धिराज राईको साथमा एउटा खुटाले मात्र नाच्न सक्ने  डान्सर रोमा न्यौपानेको जोड्दार प्रस्तुती कुबेतवासी नेपालीहरुले हेर्न पाउने दिन नजिकिंदै गएको छ ।

यस च्यारिटी शो को सफलताको लागि युएई एसचेन्ज कुबेत र हिमाल रेमिटले मुख्य स्पोन्सरको भूमिका निभाएका छन भने फ्लाई दुबइले पनि स्पोन्सर गरेको यस कार्यक्रमबाट संकलन भएको रकम बृद्धाआश्रमका लागि नेपाल पठाईने मेची महाकाली बृद्धाश्रम सँघ कुवेतका  अध्यक्ष धर्मराज गिरीले मिडियालाई पनि बताउँदै आउनु भएको छ ।

कायक्रमलाई स्पोन्सर गर्ने युएई एक्सचेन्जले गोल्ड कार्ड कुपन राख्दै युएई एक्सचेन्जबाट पैसा पठाए बापत उक्त कुपन पाउनेछन भने कुपन लिएर आउनेहरुले कार्यक्रम हेर्न ३ केडी बुझाए पुनेछ भन्ने कुरा पनि आयोजकले बताएको छ ।

कार्यक्रमका अतिथी कलाकार युगल जोडी राईहरु नेपालको सबैभन्दा बढी बिदेशमा आफ्नो प्रस्तुती दिने कलाकारहरुमा पर्नु हुन्छ । देश बिदेशमा माईकल ज्याक्सन भनेर पनि चिनिने गरिन्छ धीरज राईलाई भने अन्तर्राष्ट्रिय गायकला लिईन्छ राजेश पायल राईलाई । मार्च ८ मा हुने वहाँहरुको प्रस्तुतिलाई कुबेतनेपाल डट्कम, नेपालकुबेत डट्कम, मरुभुमिको कोशेली र खाडीन्युज डटकमले प्रचार प्रसारमा भरपुर साथ दिएका छन । आयोजकले नेपालको बृद्धाश्रमको सहयोगार्थ गरिने च्यारिटी शो मा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुका साथ सफल पारिदिन सम्पूर्ण कुवेतवासी नेपालीहरुमा अनुरोध गरेको छ ।

One response to “नेपालका सुपरस्टार राई हस्तिहरुको प्रस्तुती नजिकिंदै, साथमा डान्सर रोमा न्यौपानेले धमका मच्याउने

  1. सुजन के सि

    सुरेश जि फलाई दुबईको पनि लोगो भएको पोस्टे राखिदिनु होला है

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.