Daily Archives: 20/02/2013

नेपालका सुपरस्टार राई हस्तिहरुको प्रस्तुती नजिकिंदै, साथमा डान्सर रोमा न्यौपानेले धमका मच्याउने


सुरेश गुरुङ, कुबेत

563430_4161201519131_1009898258_nआगमी मार्च ८ तारिखको दिन कुबेतको जिलिबस्थित इण्डियन इन्टिग्रेटेड स्कुलमा मेची महाकाली बृद्धाश्रमको सहयोगार्थ आयोजना गरिने कल्चरल च्यारिटी शो मा नेपालको सांगितिक क्षेत्रका चर्चित हस्तिहरु राजेश पायल राई र नेपाली माईकल ज्याक्सन भनेर चिनिने पप गायक धिराज राईको साथमा एउटा खुटाले मात्र नाच्न सक्ने  डान्सर रोमा न्यौपानेको जोड्दार प्रस्तुती कुबेतवासी नेपालीहरुले हेर्न पाउने दिन नजिकिंदै गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा घरको काम गर्न नमानेपछि महिला पक्राउ


होम कार्की 

सुरक्षाको माग राख्दै दूतावास

दोहा (कतार), फाल्गुन ९ – यहाँको क्लिनिङ कम्पनीमा कार्यरत एक नेपाली महिलालाई कम्पनीले करारविपरीत घरको काम गर्न नगएको भनी बेपत्ता बनाएको छ । उक्त घटनापछि २३ नेपाली महिला सुरक्षा माग गर्दै मंगलबार नेपाली दूतावास पुगेका छन् ।कतारमा महिला कामदारलाई सप्लाइमार्फत कम्पनीमा क्लिनिङमा पठाउँदै आएको कम्पनीले धनकुटाकी १८ वर्षीया अञ्जना माझीलाई शनिबारबाट बेपत्ता बनाएको उनका सहकर्मी महिलाहरूले बताए । उसलाई खोजी गरी सकुशल क्याम्पमै फर्काउन र आफूहरूको सुरक्षा प्रदान गर्न उनीहरू दूतावास पुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

सुनभन्दा ४० गुणा महंगो उल्कापिण्ड, एक ग्रामको झण्डै दुइ लाख


ulkaमध्य रुसमा शुक्रबार खसेका उल्का पिण्डका टुक्राहरु यतिधेरै मुल्यवान भएका छन् की ती टुक्राहरुको भाउ सुनको भन्दा ४० गुणा महंगो छ । रुसी वैज्ञानिकहरुले शुक्रबार खसेका उल्कापिण्डहरुका ५० टुक्रा फेला पारिएको सोमबार बताएका छन्, जुन युराल पर्वत तथा चेलियाविन्स्क आसपासमा खसेका थिए । वैज्ञानिकहरुका अनुसार यी उल्काका टुत्रा बहुमुल्य हुन्छन् । जसको मुल्य २२ हजार डलर प्रतिग्राम अर्थात् एक ग्रामको झण्डै १८ लाख रुपैयाँ पर्छ । जुन सुनभन्दा कैयौँ गुणा बढि हो । पढ्नेक्रम जारी राख्नुहोस्

अब मृगौला फेर्न भारत जानु नपर्ने


साढे तीनलाखमा स्वदेशमै मृगौला प्रत्यारोपण हुने 
kidney-300x259९ फागुन, काठमाडौं । चार वर्षअघिसम्म मृगौला फेर्नुपर्ने कुरा सुन्नेवित्तिकै बिरामीहरु बेहोस हुन्थे । पहिलो कुरा नेपालका अस्पतालमा मृगौला प्रत्यारोपण नै हुन्नथ्यो । दोस्रो, मृगौला फेर्न भारत जानुपर्दा घर खेत नै बेच्नुपर्ने अवस्था थियो । चिकित्सकहरुका अनुसार खानपान र जीवनशैलीको परिवर्तनले विश्वमा करोडौं मानिस मृगौला रोगबाट पीडित छन् । नेपालमा कति रोगी छन् भन्ने यकिन तथ्याँक नभए पनि २७ लाख मानिस मृगौला रोगबाट पीडित रहेको अनुमान छ । यसमध्ये १० प्रतिशत अर्थात २७ हजारभन्दा बढीको दुबै मृगौला पूर्णरुपले खराब भएको पाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

९२ दिनमै काम सक्ने निर्वाचन आयोगको तयारी


विद्युतीय मतदान नहुने-
अर्जुन सुवेदी, काठमाडौं, फागुन ९ – संविधानसभा चुनावका लागि ९२ दिनमै तयारी सक्नेगरी निर्वाचन आयोगले नयाँ कार्यसूची तयार गरेको छ। जेठभित्र चुनाव गर्ने दलहरुबीच छलफल भइरहँदा आयोगले रातदिन काम गर्नेगरी कार्यतालिका छोट्ट्याउन लागेको हो। यसअघि आयोगले निर्वाचनसम्बन्धी ऐन बनेको मितिबाट कम्तीमा एक सय २० दिन समय लाग्ने दाबी गर्दै आएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

पारस अझै अचेत अवस्थामा, स्वास्थ्यमा सुधारको स‌ंकेत


काठमाडौँ, फागुन ९ – ह्रदयघात भएपछि गएराति अस्पताल पुर्‍याइएका पूर्व युवराज पारस शाह आज बिहानसम्म अचेत अवस्थामा नै छन्। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्यमा सुधारको स‌ंकेत देखिएको छ। ‘मध्याह्न उनले आँखाको परेल अलिअलि चलाउन थालेका छन्, उनको होस आउन लागेको जस्तो देखिएको छ,’ पढ्नेक्रम जारी राख्नुहोस्