म्यानचेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा


म्यानचेष्टर सिटी एफ ए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा लिड्स युनाइटेडलाई ४–० गोल अन्तरले पराजित गर्दै सिटी अन्तिम आठमा पुगेको हो ।Man-city

घरेलुमैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले पाँचौ मिनेटमा नै याया टोरेको गोलबाट अग्रता लिएको थियो । १५ औं मिनेटमा टोम लिस्ले सर्जिओ एग्युरोलाई फल गरेपटि सिटीले पेनाल्टी पायो, जसमा अर्जेन्टिनी स्टार एग्युरो चुकेनन् ।

५२ औं मिनेटमा कार्लोस टेभेजले गोल गर्दै सिटीलाई ३–० मा पु¥याए भने ७४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एग्युरोले म्यानचेष्टर सिटीलाई ४–० को जित दिलाए । प्रशिक्षक रोवर्टो मान्सिनीले प्रिमियर लिगमा साउथ ह्याम्पटनविरुद्ध हार व्यहोर्दा खराव प्रदर्शन गरेका गोलरक्षक जाए हर्टको स्थानमा कोस्टेल प्लाटिनियमलाई पोष्टको जिम्मा दिएका थिए ।

म्यानचेष्टर सिटीले सेमिफाइनल प्रवेशका लागि बर्नसलेसँग खेल्नेछ । अर्को खेलमा हड्र्सफिल्डलाई ४–१ ले पराजित गर्दै विगान पनि अन्तिम आठमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि उसले ओल्डह्याम र इभर्टनबीचको विजेतासँग खेल्नेछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.