आज प्रजातन्त्र दिवस, देशभर बिभिन्न कार्यक्रम गरी मनाईंदैछ


७ फागुन, काठमाण्डौं । आज प्रजातन्त्र दिवस, देशभर बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।28933_543854408981761_1991720148_n नेपालमा जहानियाँ राणा शासनको अन्य गरी विक्रम संवत २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ । देशमा हुँदै आएका हरेक राजनीतिक परिवर्तन फागुन ७ गतेकै जगमा हुँदै आएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति डा. रामबरण यादबले नेपालमा प्रजातन्त्र स्थापना भएको ६ दशक वितेपनि अपेक्षित राष्ट्रिय आकांक्षा भने अपुरै रहेको बताउनुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ -’नेपाली समाजको स्वेच्छाचारिता, निरङ्कुशता र एकतन्त्रीय जहानिया शासनको अन्त्य गरेको छ दशकको कालखण्डमा मुलुकले सामाजिक र भौतिक क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरे पनि २००७ सालको परिवर्तनको मुख्य उपलब्धि लोकतान्त्रिक शासन पद्धतिलाई संस्थागत, सुदृढ र नेपालीको जीवन पद्धतिका रूपमा स्थापित गर्ने हाम्रो राष्ट्रिय आकाङ्क्षा भने अद्याप अधुरो नै रहेको छ ।’

जननिर्वाचनद्वारा गठित संविधानसभाबाट मुलुकलाई लोकतान्त्रिक संविधान प्राप्त हुनेमा आफु आशावादी रहे पनि हामी सबैको त्यो अपेक्षा अधुरै छाडेर संविधानसभा भङ्ग हुन पुगेकामा राष्ट्रपतिले दुःख व्यक्त गर्नुभएको छ ।

त्यसैगरी उपराष्ट्रपति परमानन्द झाले राष्ट्रिय प्रजातन्त्र विदसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै २००७ सालको महान् जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले जहानिया शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा सर्वाधिक गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित रहेको बताउनुभएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.