Daily Archives: 17/02/2013

रातारात पोखराका फुटपाथ पसल हटाइए


imageशिव शर्मा कास्की, फाल्गुन ६ – पोखरामा प्रहरीले बल प्रयोग गरेर सडक छेउको फुटफाथ पसल हटाएपछि तनाव उत्पन्न भएको छ । फुटपाथ व्यवसायीले बिहान प्रदर्शन गरेका छन् । अहिले बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पर्यटकीय शहर पोखरालाई कुरुप बनाउदै लगेको फुटपाथ पसल शनिवार राती प्रहरी परिचालन गरेर हटाएइको हो । ननगरापालिकाले पटक-पटक अल्टिमेटम दिएपनि नहटाएका कारण प्रहरी परिचालन गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

विद्यार्थीले पास हुन अब ४० अंक ल्याउनुपर्ने


६ फागुन, पाठ्यक्रम विकास केन्द्रले विद्यालय तह -कक्षा ३ देखि १२ कक्षा)सम्मका विद्यार्थीलाई उर्त्तीण हुन ४० अंक ल्याउनुपर्ने प्रावधान ल्याउने तयारी गरेको छ । विद्यार्थीको उर्त्तीण अंक थोरै हुँदा विद्यार्थीहरुले घोकेर उर्त्तीण हुने प्रवृत्ति बढेकाले परिमार्जन गर्न लागिएको पाठ्यक्रम विकास केन्द्रका निमित्त निर्देशक डा. बालकृष्ण रञ्जितले बताए । उर्त्तीण अंक बढाएमा विद्याथर्र्लि बुझेर अध्ययन गर्ने बानी बस्नुका साथै सिर्जजनशील काम गर्न सहयोग पुग्ने उनको भनाई रहेको खबर कारोबार दैनिकले छापेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कोरियामा एकै दिन दुई नेपालीको मृत्‍यू


सोल (कोरिया), फाल्गुन ६ – दुई नेपालीको मृत्‍यु भएको एक हप्ता नवित्दै दक्षिण कोरियामा फेरि दुई नेपालीको मृत्‍यु भएको छ। सोलस्थित नेपाली दूतावासका अनुसार ४ महिना अघि भ्रमण भिषामा आएका भैरहवाका ३६ वर्षीय श्याम कुमार गैरे सुतैकै कोठामा मृत अवस्थामा फेला परेका छन्। कोरियाको गङ्नामस्थित हानान्सीस्थित कम्पनीकै कोठामा मृत्त अवस्थामा भेटिएका थिए। प्रहरीले उनको मृत्‍युको कारण हृदयघात भएको बताएको छ।  पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिले सबैलाई डाके


काठमाडौं, फागुन ६ – राष्ट्रपति रामवरण यादवले विघटित संविधानसभाका सबै दललाई सोमबार शीतल निवास बोलाएका छन्। राष्ट्रपतिले समेत बेवास्ता गरेको साना दलले गुनासो गरिरहेका बेला राष्ट्रपतिले सबैलाई डाकेका हुन्। प्रमुख चार दल प्रधान न्यायाधीश नेतृत्वमा चुनावी परिषद गठन गर्न सहमत भएपछि राष्ट्रपतिले अन्य दलको राय बुझ्न लागेका हुन्। प्रधान न्यायाधीश नेतृत्वको सरकार गठन गर्न राष्ट्रपतिलाई आइतबार औपचारिक प्रस्ताव गर्ने चार दलको तयारी छ। पढ्नेक्रम जारी राख्नुहोस्