Daily Archives: 16/02/2013

जन-जाग्रिती युवा समाज कुवेतको अधिवेशन २२ फेब्रुअरीमा हुँदै, आगामी नेत्रित्वको निर्णय अधिवेशनले गर्नेछ -अध्यक्ष दिपक क्षेत्री


ईन्द्र भुसाल, कुवेत

190123_169कुवेतको नेपाली समाजमा बिगत केही बर्षदेखी कृयाशिल हुँदै आएको संस्था जन-जाग्रिती युवा समाज कुवेतले आफ्नो स्थापनाको लामो समयपछी आगामी शुक्रबार २२ फेब्रुअरी २०१३ का दिन मालियाको साल्हिया टावरमा दिनको १२ बजे शुरु हुने भएको छ । बिभिन्न नेपाली सँघ-संस्थाहरुले अधिवेशन समपन्न गर्दै गएको समयमा जन-जाग्रितीले पनि लामो समयपछी अधिवेशन गर्न लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

S.D.F.C कुवेतको खुल्ला भलिवल प्रतियोगितामा १३ टिमहरु सहभागी, टाईसिट सार्वजनिक


जय आले मगर

कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाका पदाधिकारीहरु, पत्रकार तथा कलाकारहरु र बुद्दिजिबी तथा भद्र भलादमीहरुलाई मिडिया मार्फत नै चुले निमन्त्रणा..

64700_25087१६ फेब्रुअरी, कुवेत । काउन्सिल अफ मिनिस्टर्स अन्तर्गतको S.D.F.C. (Security Decisions Follow Up Committee) कुवेतले आगामी २५ फेब्रुअरी २०१३ सोमबारका दिन, कुवेतको राष्ट्रिय तथा स्वतन्त्रता दिवस (National & Liberation Day) को अवसरमा आयोजना गर्ने खुल्ला भलिवल प्रतियोगितामा नेपाली र भारतीय गरी १३ टिमहरुले सहभागीता जनाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

आफ्नो लिंग छुटाएर फेरि जोड्नसक्ने कस्तो जिव


sea-slug-300x168वैज्ञानिकहरुले शंखेकिरा प्रजातिको एउटा यस्तो अनौठो जिव पत्ता लगाएका छन् जसको यौन व्यवहार निकै नै विचित्र खालको छ । क्रोमोडोरिस रेटिकुलाटा नामको यो जिवले आफ्नो लिंग सरीरबाट आफै चुँडाउन सक्छ, र चुँडिएको लिंग फेरी सरीरमा जोडेर पहिलेको जस्तै प्रयोग गर्न सक्छ । जापानी वैज्ञानिकहरुले प्रशान्त महासागरमा यो विचित्र प्रजातिको शंखेकिरो भेट्टाएका हुन् । उनीहरुका अनुसार यो पृथ्वीमा फेला परेको एउटा मात्र यस्तो जिव हो जसले आफ्नो लिंग छुटाउँदै र जोड्दै गरेर पनि पटक–पटक यौन सम्पर्क गर्न सक्छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा आणविक उर्जा केन्द्र खोलिने


५ फागुन, – सरकारले आणविक उर्जा तथा प्रविधि सम्बन्धी काम गर्न आणविक प्रविधि केन्द्र (न्युक्लियर टेक्नोलोजी सेन्टर) स्थापना गर्ने भएको छ । केन्द्रले आणविक उर्जा उत्पादन, अन्य आणविक प्रविधि स्थापना र परिचालनका लागि संयोजनकारी भूमिका निर्वाह गर्नेछ । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले तयार पारेको केन्द्र गठनसम्बन्धी प्रस्ताव केही दिनभित्रै मन्त्रिपरिषद् बैठकमा लगिनेछ । मन्त्री डा. केशवमान शाक्यले भने, ‘आणविक क्षेत्रमा काम गर्न हामी न्यक्लियर टेक्नोलोजी सेन्टर बनाउने प्रस्ताव चाँडै मन्त्रिपरिषद्मा लैजाँदैछौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्

२४ घन्टा थप म्याद


काठमाडौं, फागुन ५- राष्ट्रपति रामवरण यादवले प्रमुख चार दलका शीर्ष नेतालाई चुनावी सरकार’bout २४ घन्टाभित्र सहमति गरेर आउन अन्तिम म्याद दिएका छन्। सहमतिको सरकार गठन’bout शुक्रबार छलफल गर्न शीतल निवास पुगेका प्रमुख चार दलका शीर्ष नेतालाई राष्ट्रपति यादवले शनिबार साँझसम्मको समयसीमा तोकेका छन्। राष्ट्रपति यादवले शनिबार साँझसम्म प्रधानमन्त्रीको नाम सिफारिस गर्न आग्रह गर्दै जेठमा निर्वाचन गर्ने गरी चार दलले नाम नदिए आफैं प्रधानमन्त्रीको नाम घोषणा गरेर अघि बढ्ने चेतावनी दिए। सहमति गरेर आउने प्रमुख चार दलका शीर्ष नेताहरुको पटकपटकको आश्वासन पूरा नभएपछि असन्तुष्ट बनेका राष्ट्रपतिले शनिबारउता आफू प्रमुख चार दलको सहमति नकुर्नेसमेत जनाए। पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकमाथि ह्याकरको आक्रमण, प्रयोगकर्ताको डेटामा कुनै असर परेको छैन : कम्पनी


क्यालिफोर्निया, फागुन ५ (एजेन्सी) – सामाजिक संजाल फेसबुकमाथि शक्तिशालीरुपमा ह्याकरले आक्रमण गरेको फेसबुकले खुलासा गरेको छ। प्रयोगकर्ताको कुनै पनि डेटा नगुमेको दावी गर्दै कम्पनीले गत महिना फेसबुकमाथि आक्रमण भएको जानकारी दियो। मोबाइल डेभलोपर वेवसाइटमा छिर्दा फेसबुकका करम्चारीले अमेरिकामा आधारित सामाजिक सञ्जालमाथि ह्याकरले आक्रमण गरेको फेला पारेका थिए। फेसबुकले ब्लगमार्फत यो फेसबुकमा ह्याक गर्ने पहिलो प्रयास नभएको र बारम्बार यस्तो भोगिरहेको जनाएको छ। फेसबुकका विश्‍वभर १ अर्बभन्दा बढी प्रयोगकर्ता छन्। पढ्नेक्रम जारी राख्नुहोस्