सुरेश गुरुङ
१५ फेब्रुअरी, कुवेत । कुवेत पब्लिक ट्रान्सपोर्टेशन कम्पनि (K.P.T.C) मा कार्यरत नेपालीहरुले २ महिना पहिला अङ्ग्रेजी नयाँ वर्ष २०१३ को आगमनलाई स्वागत गर्दै ऋषी थापा मगरको अध्यक्षतामा स्थापना गरेको मातृभूमी नेपाल युथ क्लव, कुवेतले आज १५ फेब्रुअरी २०१३ का दिन, फाहाहिल स्पोर्टस क्लव कुवेतको अती नै सुविधायूक्त खेल मैदानमा आयोजना गरेको अन्तर नेपाली नक-आउट फुटबल टुर्नामेण्ट-२०१३ को प्रथम चरणका पाँच खेलहरु अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएका छन ।
आयोजक टिम मातृभूमी नेपाल A र B गरी जम्मा १२ नेपाली टिमहरुले सहभागीता जनाएको फुटबल टुर्नामेण्टको पहिलो चरणका पाँच खेलहरुमा: पहिलो खेल स्विडिश-ए र द टाईगर टिम बिच हुँदा टाईगर टिमले स्विडिश-ए लाई ० को बिरुद्द ३ गोल, दोश्रो खेलमा परदेशी नेपालले मातृभूमी-बी लाई ० को बिरुद्द २ गोल, तेश्रो खेलमा मातृभूमी-ए ले युनिक नेपाललाई पेनाल्टी शुट-आउटको आधारमा ६ को बिरुद्द ८ गोल, चौंथो खेलमा S.D.F.C ले स्विडिश-बी लाई ० को बिरुद्द ४ गोल र पाँचौ तथा आजको अन्तिम खेलमा प्रबासी नेपालले कालीगण्डकीलाई २ को बिरुद्द ५ गोल गरेर बियजी हाँसिल गरेका छन । यसैगरी पहिलो चरणको छैटौं तथा अन्तिम खेल आगामी शुक्रबार २२ फेब्रुअरीका दिन अल्घानिम टिम र अल-कुवेत बिच बिहानको ठीक आठ बजे हुनेछ भने क्वार्टर फाईनल, सेमिफाईनल र फाईनल खेलहरु पनि आगामी शुक्रबारै हुने आयोजकले घोषणा गर्दै सम्पूर्ण टिमहरुलाई बिहानको ठीक आठ बजे तयारी अवस्थामा खेल मैदानमा उपस्थितिको लागि अनुरोध गरेको छ ।
कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आलेज्यूले सञ्चालन गर्नु भएको टुर्नामेण्ट समारोहमा मातृभूमी युथ क्लव कुवेतका अध्यक्ष ऋषी थापा मगरको अध्यक्षता, मगर सँघ कुवेतका अध्यक्ष मित्र सिंज्याली मगरको प्रमुख आतिथ्यता र कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र समाजसेवी तथा बुद्दिजिबीहरुको आतिथ्यता रहेको थियो । भारी मात्रमा खेलप्रेमी दर्शकहरुको खचाखच उपस्थिती रहेको नक-आउट फुटबल टुर्नामेण्टमा युएई एक्सचेन्ज कुवेतले प्रमुख स्पोन्सर, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष धर्मराज गिरीले साउण्ड सिस्ट्म स्पोन्सर र मेनपावर एशोसियसनका अध्यक्ष कल्याण श्रेष्ठ, चालक भलाई कोषका अध्यक्ष हर्क अर्गेजा मगर र जन-सम्पर्क समिति कुवेतका अध्यक्ष राजु खड्काले मञ्चमै आएर आर्थिक सहयोग गर्नु भएको थियो ।
यसैगरी स्थापना कालदेखी नै पुर्वेली टाईगर नामले परिचित रहेको टाईगर टिमलाई आजको मितिदेखी ‘द टाईगर’ टिम नाममा रुपान्तरण गरिएको छ । नेपालका चारै दिशाका खेलाडीहरुको सहभागीता रहेको उक्त टिमको सम्पूर्ण खेलप्रेमी महानुभावहरुबाट नाम परिवर्तन गराउन सुझाव आएकोले उक्त टिमलाई आजदेखी द टाईगर टिम भनेर नयाँ नाम दिईएको छ ।
टुर्नामेण्ट समारोहका प्रमुख झलकहरु: