खाडीबासी नेपालीहरुको लागि एन आर एन ए के का लागि? सकृय हुँदै पुर्व पदाधिकारीहरु


ईन्द्र भुसाल,कुवेत
531990_438990436180693_495167723_nबिकसित मुलुकमा बैदेशिक रोजगारी गरेका वा त्यहाँको नागरिकता पराप्त गरेका नेपाली नागरिकहरु को दोहोरो नागरिकता पराप्त गर्ने एकल माग राख्दै आएको एन आर एन ए आगामी अक्टुबरमा काठमाडौंमा सम्पन्ह हुन गएको छैटौ अन्तरर्राष्ट्रिय सम्मेलनको पुर्व तयारीमा जुटेको छ। त्यो भन्दा पहिला जहाँ जहाँ एसको सन्जाल छ त्यहा सम्पन्ह गर्नु पर्ने अधिवेशनले अहिले चर्चा बटुलेको छ बिशेषगरी यूरोप र अमेरिका अनी अरु केही बिकसित मुलुकहरुमा। एन आर एन ए गठन को उदेश्य हेर्दा पवित्र छ तर जब पाचौ अन्तरर्राष्ट्रिय समेलन भयो त्यो बेला देखिएको कुर्चीको हानथाप र दोहोरो नागरिकताको मागले गर्दा सबैलाई सोच्न वाध्य बनायो एन आर एन ए किन र कस्का लागि भनेर ?
बिकसित मुलुक हुँदै यो संस्था खाडी मुलुक सम्म फैलियो जहाँ सयौ साल बसेपनी नत यहाँको नागरिकता पाईन्छ न नेपालीहरुलाई सरोकार नै छ धनाढ्य नेपालीहरुको सामुहिक लगानीको नारा प्रती किनकी खाडीमा बस्ने नेपालीहरुले आफ्नो कमाईले केवल आफ्नो परिवारलाई मात्र हेर्न पुग्छ अपबादमा एक दुई होलान जसले नेपालमा गरेको सामुहिक लगानीमा हिस्सा लिन सकुन नत्र भने अत्यन्त फरक छ खाडीमा रोजगार गर्ने नेपालीहरुको अवस्था। न केही माग मिल्छन न खाडीबासी नेपालीहरुको केही सुबिधाको लागि लड्छ हुने खाने नेपालीहरुको एन आर एन ए अनी के का लागि चाहियो अरब देशमा यो संस्था? तर पनि लागेको छ राजनीति एन आर एन ए कुवेतमा जसले बितेको ४ बर्षमा नेपालीहरुको लागि केही गर्न सकेन नत बिबाद मुक्त नै रर्‍यो । हरेक संस्थाले कुनै न कुनै कार्यक्रम सम्पन्ह गरेको नेपाली समाज कुवेतमा एन आर एन ए ले तो मालामा आफुलाई उन्न सकेन तर ब्यक्तीगत रुपमा अध्यक्ष देखी केही हस्तिहरुले नेपाली समाजका कार्यक्रमहरुलाई सहयोग गरे। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै भयो खाडीबासी नेपालीहरुको लागि एन आर एन ए तर पनि अझै चल्दै छ राजनीति उही कुर्चीको लागि । कुवेत NRNA  ले आगामी सम्मेलनको लागि छलफल कार्यक्रम सम्पन्ह गर्‍यो भने तेहिबाट सहमतीको भाषा सहित उमेदवारी पनि घोषणा भए तर कसैले मैले नेपालीहरुको लागि यो गर्नेछु भनेर स्पष्ट खाका ल्याउने कोशीस गरेनन एद्यपी समय अझै बाँकी छ एजेण्डा प्रस्तुतीको लागि तर दोहोरो नागरिकता र सामुहिक लगानी होईन सुरछित बैदेशिक रोजगार र समान हैसियत। कस्ता एजेन्डा आउछन हेर्न बाँकी छ तर बर्तमान कार्यसमितीका हस्तिहरु देखी भुतपुर्व हस्तिहरु ४ बर्ष सम्म NRNA  कुवेतमा रहदा किन गर्ने सकेनन र अब के गर्लान भनेर सम्पूर्ण नेपालीहरुले औंला उठाउने धेरै आधार छन। पाचौ अन्तरर्राष्ट्रिय सम्मेलनमा NRNA  ले खाडीबासी नेपालिहरुको लागि के पहल गर्‍यो र कुवेत NRNA  को भूमिका कस्तो भयो त्यो देखिसकेका नेपालीहरुले आगामी सम्मेलनबाट के आशा गर्ने जहाँ उही अनुहारहरुको उपस्थिती हुने होड चलेको छ। फरक पर्दैन काम गर्छु र गराउछु भनेर सच्चिनेहरुले NRNA  समाल्न तर किन र के का लागी त्यो स्पष्ट हुन जरुरी छ नत्र भने भजन गाउन पनि नसक्क्ने खैजडी पनि नछाड्ने हो भने ठाउँ नओगड्दा राम्रो। संस्थागत रुपमा चल्ने परिपाटी बसाल्नुको साटो नेत्रित्वलाई दोष दिएर भाग्ने प्रब्रिती अनी एकाध पक्षको सुनुवाई गर्ने र तिनैबाट धोका खाएको NRNA ले कमसेकम नेपालीहरु पीडित हुँदा सहयोग जुटाउन सकोस,बैदेशिक रोजगारीमा हुने ठगी रोक्न पहल गरोस,मर्यादित समाजको लागि पहल गरोस र नेपालीहरुको बिचमा खाडीबासीहरुलाई दोहोरो नागरिकता नचाहिए पनि एन आर एन ए चाहिन्छ भन्ने सोचाइ होस त्यो काम गरोस NRNA ले नत्र केका लागि यो संस्था? कुवेत NRNA को आगामी सम्मेलन ले त्यो समुह बनाउन सकोस जसले नेपालीहरुको लागि केही राहत मिलोस ताकी हरेक दिन बिबाद र हानथाप अनी बिधान मिचाइ र राजिनामा अनी शेर बहादुरको मन्त्रिमण्डल जस्तो कार्यसमिती होईन । पुर्व देखी बर्तमान सदस्यहरुले एकै पदको दाबेदारी लिने हो भने नत सुध्रिन्छ NRNA नत सुध्रिन्छन हस्तिहरु अनी सम्भाबना रहने छ तेस्रो शक्तीको जसले अहिले पनि कुनै न कुनै संस्थामा बसेर लगातार नेपालीहरु र नेपाली समाजको लागि काम गरेर आएका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.