Daily Archives: 15/02/2013

तामाङ घेदुङ कुवेतको कार्यक्रम समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न, सोनाम लोछार भब्यरुपमा सम्पन्न गरेकोमा सबैबाट घेदुङको तारिफ


ईन्द्र भुसाल, कुवेत

426119_543411912358003_841477604_nबिगत तीन बर्ष देखी कुवेत को नेपाली समाजमा आफ्नो तमाङ जातिको धर्म, सस्क्रिती, परम्परालाई जीवान्त राख्दै कुवेतमा रहेका तमाङ जातिहरुलाई एउटै मालामा आबद्ध बनाउन सकृय नेपाल तामाङ घेदुङ कुवेतले आज आफुले सोनाम लोछारमा आयोजना गरेको सस्थाको पाचौ प्रस्तुतीको समिक्षा एबम सहयोगी सम्मान कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मातृभूमी युथ क्लव कुवेतले आयोजना गरेको फुटबल टुर्नामेण्टको प्रथम चरणका ५ खेलहरु सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ

IMG_0017१५ फेब्रुअरी, कुवेत । कुवेत पब्लिक ट्रान्सपोर्टेशन कम्पनि (K.P.T.C) मा कार्यरत नेपालीहरुले २ महिना पहिला अङ्ग्रेजी नयाँ वर्ष २०१३ को आगमनलाई स्वागत गर्दै ऋषी थापा मगरको अध्यक्षतामा स्थापना गरेको मातृभूमी नेपाल युथ क्लव, कुवेतले आज १५ फेब्रुअरी २०१३ का दिन, फाहाहिल स्पोर्टस क्लव कुवेतको अती नै सुविधायूक्त खेल मैदानमा आयोजना गरेको अन्तर नेपाली नक-आउट फुटबल टुर्नामेण्ट-२०१३ को प्रथम चरणका पाँच खेलहरु अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

८ मार्च को च्यारिटी सोमा एक कुपन बराबर एक के डि छुट,चर्चित गायकहरु र रमा न्यौपाने को बेजोड प्रस्तुती हुने


ईन्द्र प्रसाद भुसाल,कुवेत

images1मेची महाकाली बृद्धाश्रमको सहयोगार्थ आगामी मार्च ८ तारिक शुक्रबार इन्डियन इन्ट्रेग्रेट स्कुल आबासियामा हुन गैइरहेको च्यारटी कल्चर सो कोलागी टिकेटमा यू ए ई एक्स्चेन्ज मार्फत बिशेष छुट कुपनको ब्यबस्था भएको जानकारी आएको छ। नेपालका दुई चर्चित कलाकारहरु जसले लाखौं युवा पुस्ताको मन जित्न सफल भएका छन राजेश पाएल राई र धीरज राई उनिहरुको गीत सुन्न ललाहित कुवेतबासी नेपालीहरुको लागि यू ए ई एक्स्चेन्जले आफ्नो कुनै पनि साखाबाट पैसा पठाएमा एक के डिको कुपनको ब्यबास्था गरेको छ भने उक्त कुपन टिकट किन्दा दिएमा ४ के डि को टिकट ३ के डिमा पाइने  छ। पुर्व मेची देखी पश्चिम महाकाली सम्म बृद्धाश्रम बनाउनको लागि सहयोग जुटाउने उदेश्यले गर्न लागिएको यो कार्यक्रममा कुनै पनि नेपालीहरुको सहभागीताको एक हिस्सा सिधै सामाजिक कार्यमा पुग्ने देखिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

खाडीबासी नेपालीहरुको लागि एन आर एन ए के का लागि? सकृय हुँदै पुर्व पदाधिकारीहरु


ईन्द्र भुसाल,कुवेत
531990_438990436180693_495167723_nबिकसित मुलुकमा बैदेशिक रोजगारी गरेका वा त्यहाँको नागरिकता पराप्त गरेका नेपाली नागरिकहरु को दोहोरो नागरिकता पराप्त गर्ने एकल माग राख्दै आएको एन आर एन ए आगामी अक्टुबरमा काठमाडौंमा सम्पन्ह हुन गएको छैटौ अन्तरर्राष्ट्रिय सम्मेलनको पुर्व तयारीमा जुटेको छ। त्यो भन्दा पहिला जहाँ जहाँ एसको सन्जाल छ त्यहा सम्पन्ह गर्नु पर्ने अधिवेशनले अहिले चर्चा बटुलेको छ बिशेषगरी यूरोप र अमेरिका अनी अरु केही बिकसित मुलुकहरुमा। एन आर एन ए गठन को उदेश्य हेर्दा पवित्र छ तर जब पाचौ अन्तरर्राष्ट्रिय समेलन भयो त्यो बेला देखिएको कुर्चीको हानथाप र दोहोरो नागरिकताको मागले गर्दा सबैलाई सोच्न वाध्य बनायो एन आर एन ए किन र कस्का लागि भनेर ? पढ्नेक्रम जारी राख्नुहोस्