Daily Archives: 14/02/2013

आज प्रेम दिवस


Rose (1)३ फागुन, आज फेब्रुअरी १४ अर्थात, प्रेम प्रणय दिवस भ्यालेन्टाइन डे । विश्वभरका युवा-युवती विशेष हर्सोल्लासकासाथ मनाउँदैछन् । आजको दिन एक-आपसमा प्रेम साटासाट गर्ने परम्परा रहेको छ । रोमका सन्त भ्यालेन्टाइन सन् २६९ मा प्रेमकै कारण शहीद भएका थिए । सेनाले बिहे गर्न नपाइने उक्त समयमा भ्यालेन्टाइनले प्रेम विवाह गरे र यही कारण उनको १४ फेब्रुअरीमा हत्या भयो । बिहे गरेकै दिन हत्या भएका कारण यो दिनलाई प्रणय दिवस पनि नाम दिने गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

राजधानीमा भ्यलेन्टाइन रमझम


roseउपेन्द्र लामिछाने, काठमाडौ, फागुन ३ – ‘भ्यालेन्टाइन्स डे’ अर्थात् प्रणय दिवसको स्वागतमा राजधानीका युवा जमात जुटेको छ। सहरका गिफ्ट पसलमा प्रेमीप्रेमिकाका लागि उपहार किन्नेको भीड लागेको छ। पसलेहरु गुलाबका थुँगा बेच्नमा व्यस्त छन्। ‘प्रत्येक वर्ष भ्यालेन्टाइन डे मनाउनेको संख्या बढ्दो छ,’ पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति र प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल विना निष्कर्ष सकियो


बालकृष्ण अधिकारी,काठमाडौं, फागुन ३- आज बिहान राष्ट्रपति डा रामवरण यादव र प्रमुख चार दलका शीर्ष नेताहरुबीच राजनीतिक गतिरोधलाई निकास दिने ’boutमा राष्ट्रपति भवन शीतल निवासमा भएको छलफल विना निष्कर्ष टुंगिएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भन्दै एमाले नेताहरु बाहिरिएपछि आज ३ बजे सम्मलाई छलफल रोकिएको हो । बिहान भएको छलफल सकारात्मक भएको र ३ बजे फेरी छलफलमा बसेर सहमतिमा पुग्ने कुरा भएको छलफलबाट निस्केका नेताहरुले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्