Daily Archives: 13/02/2013

बिहीबारसम्म सहमति नभए राष्ट्रपति आफैले सरकार बनाउने!


काठमाडौं, फागुन २- राष्ट्रपति रामवरण यादवले बुधबार दिनभरि छलफल गरेर भए पनि बिहीबार बिहानसम्म प्रधानमन्त्रीमा सहमति जुटाउन दलहरुलाई आग्रह गरेका छन्। 
मंगलबार साँझ शीतल निवासमा भएको छलफलमा दलहरुको अलमलप्रति तीव्र निराशा व्यक्त गर्दै राष्ट्रपति यादवले जेठमा चुनाव गर्नै पर्ने र त्यसका लागि बिहीबारसम्म सहमति हुनैपर्ने दबाब दिएको स्रोतले जनायो। पढ्नेक्रम जारी राख्नुहोस्

ग्याँसमा गरिएको चर्को मूल्यवृद्धिको विरोध, राजधानीमा ट्राफिक अस्तव्यस्त


palpaकाठमाडौँ, फागुन २ – अनुदान बिनाको एक सिलिन्डर ग्यासमा ६३० रुपियाँको भारी मूल्यवृद्धि गरिएको विरोधमा राजधानीका विभिन्न क्याम्पस अगाडि विद्यार्थीहरुले गरेको विरोध प्रदर्शनका कारण यहाँका मुख्यमुख्य सडकमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। विद्यार्थीहरुले केही सडकमा टायरसमेत जलाएर सडकमा आवागमन रोकेका थिए। साढे १० बजेपछि राजधानीका सडकबाट प्रदर्शनकारी विद्यार्थी हटेका छन् तर जाम कायमै छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यतिबेला जमल, लैनचौर, पाटन, बालाजु , सरस्वती, अस्कल क्याम्पस भएर चल्ने सवारी साधन प्रभावित भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्