Daily Archives: 12/02/2013

कुखुराको सुलीबाट बिजुली !


अभियान नै चलाइने 
suli१ फागुन, चितवन -कुखुरा व्यवसायको हिसाबले राजधानी मानिने चितवनमा यसको सुली प्रयोग गरेर बायोग्यासमार्फत बिजुली निकालिने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यसको सफल परीक्षण गरिसकेकाले यहाँ काम सुरु गरिएको जानकारी दिएको छ । गएको वर्ष पूर्वी चितवनको चैनपुर गाविसअन्तर्गत ज्यामिरेमा प्राविधिकहरू कुखुराको सुलीको प्रयोगबाट बिजुली निकाल्न सफल भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा लगानी गर्न रुसको इच्छा


१ फागुन, काठमाण्डौं – नेपालका लागि रुसी महासङ्घका राजदूत सर्जेइ भी भेलिच्कनले नेपालको जलविद्युतमा लगानी गर्न रुसी महासङ्घ इच्छुक रहेको बताउनुभएको छ । फेबु्रअरी १० मा मनाइने कूटनीतिक दिवसको अवसरमा भएको कार्यक्रममा राजदूत भेलिच्कनले यही फागुन महिनाभित्र हुने संयुक्त कार्यदलको बैठकले यस विषयमा ठोस निर्णय गर्ने उल्लेख गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

न्यायाधीश वा स्वतन्त्र आज टुंगिने


दिनभर आन्तरिक छलफल, ४ बजे चार शक्तिको वार्ता, ५ बजे शितलनिवासमा-

काठमाडौं, फागुन १ – प्रधानमन्त्री बाबुराम भट्टराईको उत्तराधिकारीको खोजीमा आठ महिना असहमतिमा गुजारेका प्रमुख दलहरु गैरराजनीतिक व्यक्तिको नेतृत्वमा नयाँ सरकार गठन गर्ने छलफलमा जुटेका छन्। राष्ट्रपति भवन शीतल निवासमा सोमबार साँझ भएको प्रमुख चार दलको बैठकमा जेठ १५ भित्र चुनाव गर्नेमा मोटामोटी सहमति भए पनि चुनावी सरकारको नेतृत्व’bout टुंगो लागेन। अन्तरपार्टी छलफल जरुरी भन्दै नेताहरु मंगलबार टुंगो लगाउने सहमतिमा बैठकबाट उठेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्