मलेसियामा झण्डै १ हजार नेपाली अलपत्र


रामचन्द्र नेपाल
malaysia-tower२८ माघ, क्वालालम्पुर- मासिक करिव २५ हजार कमाउने सपना बोकेर एक लाख रुपैयाँभन्दा बढि लगानी गरी मलेसिया पुगेका करिव १ हजार नेपाली अलपत्र परेका छन् ।शाहआलम सेक्सन-७ मा रहेको फलास्टोनिक कम्पनीमा कार्यरत करिव १ हजार १ सय २६ जना नेपाली अलपत्र परेका हुन् । काम नभएर कम्पनी बन्द हुने अवस्थामा पुगेपछि नेपाली कामदार खर्चबिहीन र कामबिहीन भएर बसिरहेका छन् ।कम्पनीले हाल नेपाली श्रमिकहरुलाई चेरासको तामान लेल्सेनस्थित होष्टलमा राखिएको नेपाली श्रमिकहरुले बताएका छन । बिचल्लीमा परेका नेपाली श्रमिकहरुले गत बिहीवार नेपाली राजदूतावास पुगेर उद्दारका लागि निबेदन दिएका छन् । उनीहरुले कम्पनी बन्द भएपछि धेरैजसो नेपालीश्रमिकहरु नेपाल र्फकन चाहेको पिडीतमध्येका एक कृष्णप्रसाद पौडेलले वताए ।

नेपालका करिव एक दर्जन मेनपावरबाट उनीहरु मलेसिया आएका हुन । सुरुको तीन महिना कम्पनी राम्रै चलेको भएपनि त्यसपछि कम्पनी पूर्णरुपमा बन्द छ । कतिपय मेनपावरहरुले अन्य कम्पनीमा ल्याएका श्रमिकलाई पनि सोही कम्पनीमा कन्ट्रयाकमा राखेको कारण समस्या देखिएको छ । आएको दुई महिना बितिसक्दा पनि सयौं नेपाली श्रमिकले अझै भिषा नपाएको पिडीतहरुले बताएका छन् ।

कतिपय मेनपावरले भने नेपालीहरुलाई नेपाल फर्काउने काम समेत शुरु गरिसकेका वताईएको छ । बाँकीलाई कहिले र कसरी पठाउने हो भन्ने जानकारी नदिएको श्रमिकहरुले वताउँदै आएका छन । करीव चार सय नेपाली भने अन्य कम्पनीमा कन्ट्रयाक्टमा वस्ने भएको वुझिएको छ । कम्पनीमा मोवाईलका पाटपुर्जा, लेन्स र इलेट्रोनिक सामाग्रीहरु उत्पादन हुने गर्दछ ।

डिजिटल फर्निचर कम्पनीका श्रमिक आन्दोलित

मुहारमा रहेको डिजिटल फर्निचर कम्पनीमा कार्यरत श्रमिकहरु शुक्रवार कामकाज रोकि आन्दोलनमा उत्रिएका छन । मलेसियामा वेसिक सेलरी वढेको अवस्थामा पनि आफुहरुले काम गर्ने कम्पनीमा नवढेको भन्दै कामकाज रोकेको नेपाली श्रमिकहरुले वताएका छन । ‘नजिकका सवै कम्पनीहरुले नयाँ वेसिक तलव दिएको छ, हामीलाई भने दिएन त्यसैले काम रोकेका हौँ’ एक नेपाली श्रमिक भवानि किशोर शर्माले टेलिफोनमा अनलाइनखवरसँग भने । कम्पनीले भने आउँदो तीन महिनापछि सरकारी पत्र आएपछि मात्र दिने कुरा गरेको शर्माले बताए ।

हाल उक्त कम्पनीमा करीव साढे तीनसय नेपालीसहित भियतनामि र वंगलादेशि श्रमिकहरु कार्यरत छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.