Daily Archives: 10/02/2013

तामाङ घेदुङ कुवेतले सह-सचिवलाई बिदाई गर्‍यो


ईन्द्र भुसाल ,कुवेत
taamangकुवेतको नेपाली समाजमा आफ्नो धर्म,जातिय संस्कार र जातिय उत्थानको लागि स्थापना भएको नेपाल तामाङ घेदुङ कुवेतले संस्थाका सह -सचिव ईलाम पाचथर स्थाई घर भएका शैलेन्द्र तामाङलाई फरवानियाको पार्कमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको  छ। पढ्नेक्रम जारी राख्नुहोस्

टेक्सासमा आमा बुवाको लागि पैदल यात्रा


डालास टेक्सस- राधाकृष्ण काफ्ले / ऋचा शर्मा

walk for aama buwa group_photo 1Dallas Everest Lions Club ले यही फेब्रुअरी ३, २०१३ आईतवारका दिन टेक्ससको अर्विनमा ‘आमा बुवाका लागि पदयात्रा’ (Walk for Ama Buwa) नामक एक कार्यक्रमको आयोजना गर्‍यो। नेपालका तराइका जिल्लाहरुमा जाडोको मौसममा घाम नलागी बढ्दो चिसोका कारण गरिव र असहाय परिवारका बृध्द बृध्दाहरुले कष्टकर जीवन बिताउनु परेको छ। कतिपय जिल्लाहरुमा जाडोका कारण उनीहरुको ज्यान गैरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा झण्डै १ हजार नेपाली अलपत्र


रामचन्द्र नेपाल
malaysia-tower२८ माघ, क्वालालम्पुर- मासिक करिव २५ हजार कमाउने सपना बोकेर एक लाख रुपैयाँभन्दा बढि लगानी गरी मलेसिया पुगेका करिव १ हजार नेपाली अलपत्र परेका छन् ।शाहआलम सेक्सन-७ मा रहेको फलास्टोनिक कम्पनीमा कार्यरत करिव १ हजार १ सय २६ जना नेपाली अलपत्र परेका हुन् । काम नभएर कम्पनी बन्द हुने अवस्थामा पुगेपछि नेपाली कामदार खर्चबिहीन र कामबिहीन भएर बसिरहेका छन् ।कम्पनीले हाल नेपाली श्रमिकहरुलाई चेरासको तामान लेल्सेनस्थित होष्टलमा राखिएको नेपाली श्रमिकहरुले बताएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

भ्रष्टाचारका कीर्तिमानीहरुले मलाई मुछ्दैछन् : प्रधानमन्त्री भट्टराई


अर्जुन सुवेदी, काठमाडौं, माघ २८ -विगतमा भ्रष्टाचार गरी कीर्तिमानी कायम गरेका व्यक्तिहरुले आफूलाई भ्रष्टाचारी भएको प्रमाणित गर्न लागि परेको प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २२ औं स्थापना दिवशमा आयोजित कार्यक्रममा उनले भने, ‘सरकार भ्रष्टाचार नियन्त्रण गर्न उच्च प्राथमिकतासाथ लागेको छ।’  पढ्नेक्रम जारी राख्नुहोस्

तिम्रो गजल..


रोशन संग्रौला, एड्मोन्टोन क्यानाडा   

20121226_151821
अब तिमी कुमारी रहिनौ भन्ने सुने
गंगा जस्तै पवित्र छैनौ भन्ने सुने

साँझापख गोधुलीमा झर्दै गर्दा
आमाले बोलाँउदानी गईनौ भन्ने सुने पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जन-प्रगतिशील मञ्च कुवेतको नव-निर्बाचित कार्यसमितिको बैठक सम्पन्न


देव भुजेल, कुवेत

29030_209006369246277_429074245_nनेपाली जनप्रगतिशील मञ्च कुवेतको अधिवेसन पश्चात नव-निर्बाचित कार्यसमितिको पहिलो बैठक ८ फेब्रुबरी २०१३ मा जिलिबस्थित एक हलमा निर्बाचित अध्यक्ष ठाकुर प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । नेपालको राष्टिय गान गाएर सुरु गरिएको बैठक महान शहिदहरु प्रति सम्मान गर्दै १ मिनेट मौनधारण गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्