“कुवेतमा खेलको बाढी” S.D.F.C कुवेतले खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्दै


जय आले मगर

dsc02380फेब्रुअरी ०९, कुवेत । कुवेतमा आयोजना हुने गरेका अन्तर नेपाली भलिवल प्रतियोगिताहरुमा मात्र नभई खुल्ला प्रतियोगिताहरुमा पनि आफ्नो प्रभुत्व जमाउँदै आएको टिम काउन्सिल अफ मिनिस्टर्स कुवेत अन्तर्गतको S.D.F.C. (Security Decisions Follow Up Committee) कुवेतले आगामी २५ फेब्रुअरी २०१३ सोमबारका दिन कुवेतको राष्ट्रिय तथा स्वतन्त्रता दिवस (National & Liberation Day) को अवसर पारेर खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।  

प्राय:जसो नेपाली समाज कुवेतका सँघ-संस्थाहरुद्वारा अन्तर नेपाली टुर्नामेण्टहरुको मात्र आयोजना हुने गरेकोले नेपाली समाज र समाजको लागि खेल्ने खेलाडीहरुलाई बिदेशी राष्ट्र एवं तिनका टिमहरुसँग पनि पहिचान गराउने र मैत्रिपूर्ण सम्बन्ध कायम राख्ने उद्देश्यले SDFC कुवेतले खुल्ला भलिवल प्रतियोगिताको आव्ह्वान गरेको कम्पनी कमाण्डर क्याप्टेन कुल प्रसाद गुरुङज्यूले कुवेतनेपाल डटकमलाई जानकारी दिनु भएको छ ।

नेपाली र भारतीय टिमहरुको उल्लेख्य सहभागीता रहने पक्कापक्की भएको तथा श्रीलंकाली टिमहरुको समेत सहभागिता रहने सम्भावना रहेको आयोजक S.D.F.C ले निक्यौर्ल गर्दै कुनै पनि देशका टिमलाई अर्को देशका खेलाडीहरु मिसाएर नल्याउन पनि आयोजकले अनुरोध गरेको छ ।

आगामी १५ फेब्रुअरी २०१३ शुक्रबारका दिन मातृभूमी युवा क्लब कुवेतले आयोजना गर्ने अन्तर नेपाली फुट्बल प्रतियोगिताको खेल मैदानमै टाइसिट सार्वजनिक गर्ने र पुरस्कार तथा खेल सम्बन्धी नियमावलीको ’boutमा पुन. समाचार सम्प्रेषण गराउने पनि आयोजकले जानकारी दिएको छ ।

अधिक जानकारीको लागि सम्पर्क:
बिष्णु थापा मगर – ६००४३९६९, भिम गुरुङ -६०६५६१२२, बिपिन गुरुङ -५५७९२५२९

One response to ““कुवेतमा खेलको बाढी” S.D.F.C कुवेतले खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्दै

  1. Bisnu G Ta call Nai reply Dinu hunna Kina hajur ko number Dinu vako??

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.