Daily Archives: 07/02/2013

युएईबाट १ सय २० नेपाली फर्किए


उमाकान्त पाण्डे गाउंले
२५ माघ, आबुधाबी – संयुक्त अरब एमिरेट्स (युएर्इ )बाट करिव डेढ सय नेपाली स्वदेश फर्किएका छन । युएई सरकारले दिएको आममाफीको अवसरलाई प्रयोग गर्दै ती नेपाली घर फर्किएका हुन । युएईमा अबैधानिक रुपमा कार्यरत कामदारका लागि दिएको आममाफी एमनेस्टीको समय सकिन ५ दिन मात्र बाँकी छदा अहिले सम्म १ सय २० नेपाली नेपाल फर्किएका हुन् । नेपाली दूतावास आबुधाबीले अहिलेको एमनेस्टी अबधीमा १ सय २० जनालाई “आउट पास” दिएको दुतावासका प्रथम सचिव लोक बहादुर थापा क्षेत्रीले बताउनु भयो । आफ्नो देश फर्किन संयुक्त अरब इमिरेट्स (यूएई) को आन्तरिक मामला मन्त्रालयले स्थानिय भाषामा “खल्लीबल्ली” भनिने अन्य मुलुकका कामदारलाई एम्नेष्टी दिन फेब्रुवरी ३ अर्थात माघ २१ सम्मको अवधि दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

अरबमा मारिनेका परिवारलाई क्षतिपूर्ति पहल


दूतावासले चार सय मुद्दा लड्ने-
सुरेन्द्र पौडेल, माघ २५ – नेपाली कामदार मृत्युको क्षतिपूर्ति माग्दै साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँका रोजगार कम्पनीमाथि ४ सय मुद्दा दायर गर्ने भएको छ। मृत्युको वर्षौ बित्दा पनि ती कम्पनीले क्षतिपूर्ति दिने प्रयास नथालेपछि दूतावासले त्यहाँका विभिन्न अदालतमा मुद्दा दायर गर्न सुरु गरेको हो। साउदीका विभिन्न सहरमा कामको सिलसिलामा मृत्यु भएका नेपालीका परिवारले वर्षौदेखि क्षतिपूर्ति रकम पाउन सकेका थिएनन्। क्षतिपूर्ति मागको प्रयास नै नभएको र कतिपय परिवारलाई नै थाहा नभएका यस्ता घटनाको अभिलेख तयार पारी दूतावासले पीडित पक्षलाई न्याय दिलाउने प्रयास थालेको हो। सन् २००१ यता मृत्यु भई क्षतिपूर्ति नपाएका यस्ता घटनाको खोजी गरी दूतावासले मुद्दा प्रक्रियामा लगेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रियताभन्दा जनवाद ठूलो : भट्टराई


बीस-तीस वर्ष माओवादी नै सत्तामा रहने दावी 
उजिर मगर/रमेशकुमार पौडेल, हेटौंडा, माघ २५ – एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले २०४८ सालदेखि एक दशकसम्म पार्टीले राष्ट्रियताको लडाइँ प्रमुखतासाथ लडेको जनाउँदै दरबार हत्याकाण्ड ( १९ जेठ २०५८) पछि मात्र जनवादमा जोड दिएको दाबी गरेका छन्।
‘दुवै निशानामा एकैचोटि प्रहार गर्न खोज्दा क्रान्ति कमजोर हुन्छ। वस्तुगत परिवेशअनुसार कहिले राष्ट्रियता त कहिले जनवाद प्रमुख भएर आउँछ,’ बुधबार हेटौंडामा जारी पार्टी महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिलाई जवाफ दिँदै भट्टराईले भने, ‘०४८ बाट ०५८ सम्म राष्ट्रियतामा लडियो, अहिले राष्ट्रियताभन्दा जनवाद प्रमुख भएको हो।’ पढ्नेक्रम जारी राख्नुहोस्

अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि आन्तरिक र बाहृय दुवै उडान हुन सकेको छैन


२५ माघ, काठमाडौं । हुस्सुका कारण बिहीबार पनि त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट हुने हवाईउडान प्रभावित भएको छ ।the-tribhuvan-airport-of-nepal भिजिबिलिटी कम हुँदा विमान उडान र प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । बिहानको लागि तय भएका आन्तरिक र बाहृय दुवै उडान र अवतरण हुन सकेको छैन । बुधबार बिहानको उडान पनि यसैगरी प्रभावित भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्