Daily Archives: 04/02/2013

अपहरणकारी-प्रहरी भिडन्त; दुई अपहरणकारीको मृत्यु, दुई प्रहरी घाइते


रितेश त्रिपाठी, वीरगञ्ज, माघ २२ – नौ दिनअघि वीरगञ्जको आदर्शनगरबाट अपहरित ८ वर्षीय बालक सुलोक अग्रवाललाई आज प्रहरीले सकुशल उद्धार गरेको छ। उनलाई मुक्त गर्ने क्रममा आज बिहान अपहरणकारी र प्रहरीबीच भएको भिडन्तमा दुई जना अपहरणकारीको मृत्यु भएको एसपी पिताम्बर अधिकारीले जनाए।  भिडन्तमा घाइते भएका भेडिहारी निवासी २२ वर्षीय सञ्जय गिरी र हरपुर गाउँ निवासी विन्देश्वरको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

पोखराको तालबाराही मन्दिर ढल्ने अवस्थामा


taalbarahaiमनोज अधिकारी, पोखरा, माघ २२ – पर्यटकीय फेवातालबीचको तालबाराही मन्दिर ढल्ने अवस्थामा पुगेको छ। टापुको दक्षिण-पश्चिम कुनाको पर्खाल चर्किएर ढल्नै लागेपछि मन्दिर खतरामा परेको हो। मन्दिर संरक्षण समितिका उपाध्यक्ष मित्रलाल पहारीले तत्काल पर्खाल मर्मत नगरे जुनसुकै बेला मन्दिर ढल्ने अवस्था रहेको बताए। पर्खाल जोगाउन उपत्यका नगरविकास समितिको प्राविधिक सल्लाहबमोजिम समितिले जिल्ला प्रशासन कार्यालयमा दुई साताअघि मर्मतसम्बन्धी प्रस्ताव पेस गरेको छ। तालको पानी कम्तीमा ६ फिट (दुई मिटर) घटाई आरसिसी ढलान गरी पर्खाल जोगाएर मन्दिर ढल्नबाट बचाउन प्रस्ताव गरिएको ताल संरक्षण समितिका उपाध्यक्ष पहारीले बताए।  पढ्नेक्रम जारी राख्नुहोस्

वाग्मतीमा फोहोर फाले १ लाख जरिवाना


 

bagmati  वाग्मती नदीमा फोहोर फाल्नेले अब १ लाख रुपैयाँ जरिवानासहित फौजदारी अभियोगमा ३ महिना कैद सजाय भोग्नुपर्ने भएको छ । ‘वाग्मती सरसफाइ तथा संरक्षण अभियान’ मार्फत फोहोरमैला व्यवस्थापन ऐन आकषिर्त गरी कारबाही गर्ने तयारी थालेको हो ।अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले फोहोर उत्पादन गर्नेलाई नै व्यवस्थापन गर्न ऐनले सघाउने जनाएका छन् । यसअघि ऐन कडाइका साथ कार्यान्वयन भएको थिएन । ऐनअनुसार फोहोर व्यवस्थापन नगरे सजाय पाएपछि पनि पटक-पटक लापरबाही गरी फोहोर फ्याँके दोब्बर सजाय हुनसक्छ ।  पढ्नेक्रम जारी राख्नुहोस्