प्रबासी भुजेल सेवा समाज, कुवेतको परिचय तथा उद्देश्य:


जय आले मगर

bhujel logoकुवेतमा कृयाशिल रहेका बिभिन्न जातिय संस्थाहरु मध्ये एक हो प्रबासी भुजेल सेवा समाज भने जनजाति मध्येको एक जाति हो भुजेल जाति । नेपालका ७२ जिल्लामा फैलिएर रहेको भुजेल जातिको आफ्नै भाषा, संस्कृति, परम्परा, रीतिरिवाज र मौलिकता रहेको छ । समाजमा आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा पछाडी परेको मानिने यस जाति आफ्नो इतिहासको अध्ययन र अनुसन्धानको अभावमा मौलिकता गुमाउँदै गएको निक्यौर्ल गर्न सकिन्छ । आफ्नो मौलिकता र पहिचानको खातिर नेपालका बिभिन्न जिल्लाहरुमा भुजेल समाज र भुजेल मञ्चहरु गठन भएका छन् भने देश-बिदेशका कतिपय भु-भागहरुमा गठन हुने क्रममा छन ।

प्रबासमा रहेर आफ्नो जातिय एकता तथा उत्थानको लागि एकिकृत हुने, भै-परि आउने बिभिन्न समस्याहरुलाई दृष्टिगत गर्दै समाधानको लागि एक आपसमा सहयोगी हातहरु अघि बढाउने, आफ्नो भाषा, संस्कृति, रीतिरिवाज र परम्परालाई लोप हुन नदिने, सामाजिक जातिय बिभेदको बिरुद्दमा आफ्नो हक, अधिकार र पहिचानको लागि सचेतना अभियान चाल्ने, भुजेल समुदायमा शिक्षाको स्तर उकास्न गरिब परिवारका बाल-बालिकालाई छात्रवृति कोषको स्थापना गर्ने र पिछडिएर रहेका भुजेल समुदायलाई आर्थिक स्तरमा माथि उठाउनका लागि आर्थिक सहयोगका कार्यक्रमहरु गर्ने जस्ता भावी कार्ययोजना बोकेर “भबिष्यको लागि आजैबाट बचत गरौं” भन्ने मुल नाराका साथ सन् २०१२ को नोभेम्बर २ तारिखमा ११ सदस्यीय कार्य-समिति रहने गरि बिल्कुलै गैर-राजनैतिक जातिय सामाजिक संस्था “प्रबासी भुजेल सेवा समाज, कुवेत”को गठन भएको हो ।

यस संस्थाले मासिक रुपमा हुने आयको केही अंश संस्थालाई र केही मात्रा आफ्नो बचत कोषमा जम्मा गर्ने र आवश्यक पर्दा सहुलियत स्वरुप न्युन ब्याजदरमा कोषबाट रकम लिन सकिने जस्ता सेवाहरु प्रदान गर्नेछ भने कुवेतमा आईपर्ने बिभिन्न समस्याहरु समाधानका लागि कुवेतमा रहेका अन्य नेपाली सँघ-संस्थाहरु र नेपाली राजदूतावाससँग समन्वय गरि अघि बढ्ने भुजेल समाज कुवेतको योजना रहेको छ ।

भुजेल समाजमा आबद्द हुन चाहने भुजेल समुदाय भित्र पर्ने थरहरु भुजेल, घर्ती, जि.सी र खवास जो कोहीले पनि सदस्यता लिन सकिने छ । प्रबासी भुजेल सेवा समाज, कुवेतको कार्यसमिति निम्नानुसार रहेको छ ।

१) अध्यक्ष – देब ब. घर्ती – ६६३३८६१८
२) उपाध्यक्ष – बलराम घर्ती – ५०७५१६२०
३) महासचिब – केशब घर्ती – ५५४६५८३९
४) सचिब – राजिब भुजेल – ६०९५२८४०
५) कोषाध्यक्ष – कृष्ण भुजेल – ९७५२१९७९
६) सह-कोषाध्यक्ष – रामबाबु भुजेल – ६६३५४१६६
७) सदस्य – गिरी प्रसाद भुजेल – ६६७२१४९३
८) सदस्य – दिलिप भुजेल – ९७५९३६५१
९) सदस्य – बिनोद भुजेल – ६६७०६३०९
१०) सदस्य – मनोज खवास – ९७३४३०५३
११) सदस्य – विकास भुजेल – ९४०३१७०३

Advertisements

One response to “प्रबासी भुजेल सेवा समाज, कुवेतको परिचय तथा उद्देश्य:

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )