Daily Archives: 03/02/2013

मातृभूमीले फुटबल खेल फेब्ररी १५ मा खेलाउने,माउन्ट एभरेष्ट यम. बि. बमजन गोल्डकप २२ मार्चबाट सुरु


ईन्द्र भुसाल ,कुवेत
imagesकुवेतको नेपाली समाजमा साँस्कृतिक कार्यक्रमको मात्र होईन खेल खेलेर आनन्द लिने र खेल्न सक्नेले खेल देखाउन पाउने अबसर पनि बाक्लिदै गएको छ। नेपाली संघ सँस्थाहरुको गठनको क्रम बढेर गएको अवस्थामा कुनै न कुनै संस्थाले कार्यक्रम नगरेको शुक्रबार भेट्न अब ५ बर्ष पहिलाको कुवेतको कल्पना गर्नु हो भन्दा फरक पर्दैन। खेल कै क्रममा आगामी फेब्ररी १५ तारिक मातृभूमी नेपाल युथ क्लबले अन्तर नेपाली नकआउट फुटबल प्रतियोगिता मङाफको दी फाहहील स्पोर्ट क्लबको खेल मैदानमा राख्ने निर्णय गरेको युवा खेलाडी एबम क्लबका अध्यक्ष ऋषि थापा मगरले ल्होछर कार्यक्रममा जानकारी दिनु भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जनसंपर्क समिती कुवेतले मे महिनामा प्रथम अधिवेशन गर्ने निर्णय


ईन्द्र भुसाल ,कुवेत
540157_137769653051409_1272924110_nप्रबासमा रहेका नेपाली कांग्रेसमा आस्थावान कार्यकर्ताहरुको संगठन नेपाली जनसंपर्क समिती कुवेतले आगामी मे महिनामा आफ्नो प्रथम अधिवेशन गर्ने निर्णय गरेको छ। नेपालमा राणा शासनको अन्त्य देखी प्रजातन्त्रको स्थापनाको लागि मुख्य भूमिका खेलेको नेपालको राजनीतिक ईतिहासमा लामो सघर्ष गरेको राजनितिक पाटीको यो भात्री संगठन संसारका बिभिन्न देशमा कृयाशिल रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मनुष्य आज भोली……….


जितेन थिङ, कुवेत

183878_1438892672641_2158340_n

बाउले छोरो कुट्यो, छोरोले बाउ लुट्यो
नैतीकताको हत्त्या भईसक्यो, हाड्नाता करणी भयो।
आमाले छोरी बेच्यो, छोरीले सिन्दुरको नाता तोड्यो
इमान्दारिताको बिक्री भईसक्यो, इज्जतको पहिरो गयो।। पढ्नेक्रम जारी राख्नुहोस्

प्रबासी भुजेल सेवा समाज, कुवेतको परिचय तथा उद्देश्य:


जय आले मगर

bhujel logoकुवेतमा कृयाशिल रहेका बिभिन्न जातिय संस्थाहरु मध्ये एक हो प्रबासी भुजेल सेवा समाज भने जनजाति मध्येको एक जाति हो भुजेल जाति । नेपालका ७२ जिल्लामा फैलिएर रहेको भुजेल जातिको आफ्नै भाषा, संस्कृति, परम्परा, रीतिरिवाज र मौलिकता रहेको छ । समाजमा आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा पछाडी परेको मानिने यस जाति आफ्नो इतिहासको अध्ययन र अनुसन्धानको अभावमा मौलिकता गुमाउँदै गएको निक्यौर्ल गर्न सकिन्छ । आफ्नो मौलिकता र पहिचानको खातिर नेपालका बिभिन्न जिल्लाहरुमा भुजेल समाज र भुजेल मञ्चहरु गठन भएका छन् भने देश-बिदेशका कतिपय भु-भागहरुमा गठन हुने क्रममा छन । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालगञ्जमा विपक्षीको शक्ति प्रदर्शन


२१ माघ, नेपालगञ्ज । सरकारको बहिर्गमनको माग गर्दै सडक आन्दोलनमा उत्रिएका विपक्षी दलहरुले आज नेपालगञ्जमा शक्ति प्रदर्शन गर्ने भएका छन् । प्रदर्शनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माले, राप्रपा, राष्ट्रिय जनशक्ति पार्टी, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चालगायत १० पार्टीको सहभागीता रहने छ । रामलिला मैदानमा हुने विरोधसभामा बाँके, बर्दिया, सुर्खेत, दाङ, दैलेख, कैलालीलगायतका जिल्लाबाट झण्डै ५० हजार कार्यकर्ता उतार्ने नेताहरुले दाबी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसीमा नयाँ व्यवस्था : चिट चोरे सबै परीक्षा रद्द


रुबी रौनियार, काठमाडौं, माघ २१ – एसएलसी परीक्षामा चिट चोर्ने विद्यार्थीको सम्बन्धित विषयको मात्र नभई सबै परीक्षा रद्द हुने भएको छ। परीक्षालाई थप व्यपस्थित र मार्यादित बनाउन परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले यो निर्णय गरेको उपनियन्त्रक प्रह्लाद अर्यालले जनाए।  ‘ऐन नियम फितलो भएकैले गत वर्षसम्म पनि परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निकै धौधौ पर्यो ,’ उनले भने, ‘त्यसैले यो वर्ष परीक्षा बोर्डको बैठकबाटै माध्यामिक शिक्षा परीक्षा सञ्चालन निर्देशिकामा संशोधन गरी चिट चोर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्ने निर्णय गरेको हो। अमर्यादित कार्य गर्ने विद्यार्थी पूरक परीक्षामा समेत सामेल हुन नपाउने व्यवस्था निर्देशिकामा छ। पढ्नेक्रम जारी राख्नुहोस्