Daily Archives: 02/02/2013

माओवादी महाधिवेशनले प्रचण्डको उत्तराधिकारी खोज्ने


महाधिवेशन खर्च ह्वात्तै घट्यो 
Prachanda2२० माघ, हेटौंडा – एकीकृत नेकपा माओवादीको शनिबारबाट सुरु हुने महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उत्तराधिकारी खोज्ने भएको छ । महाधिवेशनको तयारी’bout जानकारी दिन शुक्रबार साँझ महाधिवेशन स्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले महाधिवेशनले पार्टीको नेतृत्व परिर्वतन नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो-’अहिले नै पार्टीको नेतृत्व परिर्वतनको सम्भावना छैन । तर, शीर्षतहमै उत्तराधिकारीको खोजी हुन्छ । अध्यक्षले शीर्षदेखि तल्लो तहसम्म उत्तराधिकारी तयार पार्नुपर्छ भन्नुभएको छ ।’ महाधिवेशनले तय गर्ने पार्टीको कार्यदिशालाई प्रष्ट पार्ने भन्दै उहाँले क्रान्तिको पुनरावृत्ति नभई विकास गरिने बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

हामीलाई नत्थी लगाउने हैसियत बाबुरामसँग छैन : नेपाल


तुफान न्यौपाने, नेपालगन्ज, माघ २० – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीले देश टुक्राउन खोजेको आरोप लगाएका छन्। उनले जातीय राज्य बनाएर टुक्राउँदै देशको स्वतन्त्रता समाप्त पार्न माओवादी लागिरहेको बताए। प्रेस चौतारीको पत्रकार सम्मेलनमा उनले माओवादीले सर्वसत्तावाद लाद्दै लोकतन्त्र खत्तम पार्न लागेको बताए। ‘माओवादीले लोकतन्त्र, राष्ट्रिय स्वतन्त्रता, सुशासन सबै खत्तम पारे,’ उनले भने। विपक्षीलाई नत्थी लगाएर चुनावमा लैजाने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले भने, ‘माओवादीलाई जंगल र भारतबाट नत्थी लगाएर ल्याएका हौं, हामीलाई नत्थी लगाउने बाबुरामको हैसियत छैन।’ उनले माओवादी फुटेकाले अहिलेको अवस्थामा उसले नै चुनाव नचाहेको बताए। माओवादीले हार्ने डरले चुनाव गराउन नचाहेको उनले आरोप लगाए। पढ्नेक्रम जारी राख्नुहोस्