Monthly Archives: फ्रेवुअरी 2013

कोरिया पुगेका ३३ नेपाली एअरपोर्टबाटै फर्काइए


नक्कली पासपोर्ट प्रयोग गरेको अभियोग
returned-list-from-korea1१७ फागुन, – रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरिया गएका ३३ जना नेपाली त्यहाँस्थित इन्छन विमानस्थलबाटै फर्किएका छन् । सजिलैसित कोरिया जान पाएकोमा आफुलाई भाग्यमानी ठान्दै उडेका यी नेपाली कामदारलाई कोरियाली अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाइएको छ । सन् २०१२ मा मात्रै यसरी ३३ जना नेपाली कामदारलाई फर्काइएको वैदेशिक रोजगार विभाग इपीएस शाखाले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाधाअड्काउमा माओवादी र कांग्रेस-एमालेबीच तीव्र विवाद


बालकृष्ण अधिकारी, काठमाडौं, फागुन १७- प्रमुख चार दलबीच चुनावी सरकार गठनका लागि बाधाअड्काउ फुकाउने प्रक्रिया तत्काल थाल्ने कि नथाल्ने’bout तीव्र मतभेद भएको छ। नौ महिना लामो कसरतपछि प्रधान न्यायाधीश नेतृत्वमा अन्तरिम निर्वाचन परिषद गठन गर्न चार दलबीच सहमति भए पनि अन्य सबै विषय प्याकेजमा टुंगो लगाउने कि संवैधानिक अड्चन पहिले हटाउने भन्ने विषयमा विवाद चर्केको हो। पढ्नेक्रम जारी राख्नुहोस्

पारसको स्वास्थ्य उस्तै


imageरामचन्द्र गिरी  क्वालालम्पुर, फाल्गुन १६ – हृदयाघातका कारण एक साताअघिदेखि थाइल्यान्डको बैंककमा उपचारत पारस शाहको स्वास्थ्यस्थिति अझै सुधि्रएको छैन । समितिवेज अस्पतालद्वारा मंगलबार जारी विज्ञप्तिमा उनको स्वास्थ्यस्थिति निकै नाजुक तर स्थिर रहेको उल्लेख छ । ‘शरीरको तापक्रममा क्रमिक सुधार भइरहेको छ,’ बैंककस्थित शाहनिकट स्रोतले मंगलबार कान्तिपुरसित भन्यो, ‘उहाँ अझै अचेत अवस्थामै हुनुहुन्छ । अझै आशालाग्दो सुधार भएको छैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्

सुत्केरी महिलालाई बलात्कार गर्ने पक्राउ


१५ फागुन, धादिङ – घरभित्र सुत्ने स्थान नभएर पिँडीमा सुतेकी एक चेपाङ सुत्केरी सोमबार राति १२ बजे बलात्कृत भएकी छन् ।धुषा गाविस-९ ग्रन्सीवास निवासी ४२ वर्षीय मीनबहादुर आलेमगरले सुत्केरीलाई बलात्कार गरेकाले स्थानीयवासीको सहयोगमा प्रहरीले उनलाई हिजो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विकासराज खनालले बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

विद्यार्थी सङ्गठनबीच झडप हुँदा विद्यार्थी घाइते, क्याम्पस तनाबग्रस्त


भक्तपुर, फागनु १६ – खेलकुद सप्ताह मनाउने’boutमा दुईपक्षीय विद्यार्थीबीच विवाद बढेपछि सानोठिमी क्याम्पस तनाबग्रस्त बनेको छ। स्वतन्त्र विद्यार्थी युनियन सानोठिमीले भोलिदेखि २३ गतेसम्म सञ्चालन गर्न लागेको सहिद सप्ताह खेलकुद २०६९ को विषयमा अखिल क्रान्तिकारी र नेविसङ्घ तथा अनेरास्ववियूबीच विवाद भएको थियो । झडपमा दुबै पक्षका एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

मृर्गौला पीडित शिरशोभा गुरुङलाई कुवेतबाट अर्को सहयोग,तमु समाज कुवेतले ७६,८१४ ने.रु. आज पठायो


ईन्द्र भुसाल ,कुवेत
8623_610815262266872_349595432_n२५ बर्षको कलिलो उमेरमा आफ्नो दुबै मृर्गौलाको समस्या बाट पीडित नेपाली चेली सिरशोभा गुरुङ लाई आज कुवेत बाट अर्को सहयोग उपलब्ध भएको छ । बिगत ३ बर्ष पहिला आफ्नो गुरुङ सस्क्रिती ,धर्म र प्रबाश मा रहेका तमुहरुलाई एकै ठाउमा समेट्ने उदेस्यले गठन भएको सस्था तमु समाज कुवेत ले  कास्की जिल्ला सार्दिखोला गा बि स  वार्ड नम्बर ३ खादर्जुङ निवासी २५ बर्ष कि सिरशोभा गुरुङ को उपचार मा सहयोग पुगोस भनी तमु समाज कुवेत को कोश बाट १५,३०० र बाँकी रकम समाजकै पहल मा कुवेत मा कार्यरत नेपालीहरुको सहयोग बाट जम्मा गरी कुल ७६,८१४ नेरु आज सिरशोभा गुरुङ को आमा ईन्द्र कुमारी गुरुङ को नाम मा नेपाल पठाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्