ईन्द्र प्रसाद भूषाल, कुवेत
बैदेशिक रोजगारीमा गएर आफ्नो परिवार अनी भबिष्यलाई सुनौलो बनाउला भनी कतार गएका खोटाङ छितापोखरीका तीर्थ खड्काको गत भदौमा कतारमा हत्या भएको थियो। सात सन्तानका बाबु उनी पर्देश मै मारिएपछी उनको परिवार बिचल्लिमा परेको थियो। सेक्युरीटी गार्डको नोकारीमा रहेका उनी अपहरणमा परेका थिए र त्यसपछी उनको हत्या गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 31/01/2013
पीडित परिवारलाई कुवेतमा रहेका खोटाङ बासीहरुले आर्थिक सहयोग गरे
तक्मे बुढा र गायक रोज मोक्तान कुवेतमा..
शिवराम पौडेल, कुवेत
नेपालका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) र गायक रोज मोक्तानको आज बिहान ८ बजे फ्लाई दुबई मार्फत कुवेत आगमन भएको छ । नेपाल तामाङ घेदुङ, कुवेतले मन्जुश्री बर्ष २८४९ को अवसरमा भोली शुक्रबार प्रस्तुत गर्ने साँस्कृतिक कार्यक्रम सोनाम ल्होछार-२०१३ मा सहभागीता जनाउन नेपालदेखी अतिथी कलाकारको रुपमा उहाँहरु कुवेत आउनु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, धर्म संस्कृती/परम्परा
एसीसी महिला क्रिकेट च्याम्पियनसिप-नेपाल तेस्रो
माघ १८ – थाईल्याण्डमा भएको एसीसी महिला क्रिकेट च्याम्पियनसिपमा हङकङलाई ८ विकेटले पराजित गरी नेपाल तेस्रो स्थानमा रहन सफल भएको छ । समूह बिजेता बनेर सेमिफाइनमा पुगेको नेपाल मंगलबार थाइल्याण्डसँग पराजित भएपछि फाइनल यात्रामा पूर्णबिराम लागेको थियो । समूह चरणको तीनै खेल जितेको नेपालले थाइल्याण्डसँग राम्रो प्रदर्शन गर्न सकने ।
Posted in खेलकूद
नेपाली फेसन, कुवेती मोडेल
कुवेत, खाडी मुलुक कुवेतमा आयोजित हस्तकला सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाली भेषभूषाको चिनारी लिएर सहभागी उपस्थित भए पनि र्याम्पमा उत्रने नेपाली मोडेलहरू थिएनन् । नेपाल हस्तकला महासंघले जनाएको सहभागितामा वल्र्ड क्राफ्ट काउन्सिलका उपाध्यक्ष पुष्करमान शाक्य र हिमालयन अल्लो सिल्क ह्यान्डी क्राफ्टका प्रबन्धक हरिगोपाल च्यासीले नेपाली भेषभूषामा कुवेती मोडेललाई र्याम्पमा उतारेर भिन्न प्रशंसा बटुलने काम गरे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
भोकले गालेपछि बाउले खाए आफ्नै सन्तान
परमाणु हतियारको विकाशमा लाग्दै पश्चिमा विश्वलाई आयलकायल पारिरहेको उत्तर कोरियाली जनता भोकमरीको चरम चपेटामा परेको खबर सार्वजनिक भएको छ । त्यहाँ भोकमरी यति नराम्ररी फैलिएको छ कि भोकले ग्रस्त भएपछि एक जना उत्तर कोरियाली पुरषले आफ्ना दुइजना बच्चालाई मारेर मासु खाएका छन् । बच्चालाई मारेको आरोपमा ती पुरुषलाई फाँसीको सजाय दिएको छ सरकारले । समाचार अनुसार उत्तर कोरियामा भोकमरी यतिधेरै फैलिएको छ कि त्यहाँ मान्छेले मान्छे खाने अवस्था उत्पन्न भएको छ । भोकमरीकै कारण मानिसहरुले चिहानबाट मान्छेका लास निकालेर समेत खाने गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
नेपाली बैंकले विदेशमा शाखा खोल्न पाउने
१८ माघ, मुलुकभर सञ्चालित वाणिज्य बैंकहरुले अव विदेशमा पनि शाखा खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकहरुले अवदेखि वाणिज्य बैंकलाई विदेशमा समेत शाखा खोल्न अनुमति दिने निर्णय गरेको हो । केन्द्रीय बैंकले बुधबार वाणिज्य बैंकहरुलाई विदेशमा शाखा खोल्न अनुमति दिने नीतिगत निर्णय गर्दै सबै वाणिज्य बैंकहरुलाई परिपत्रसमेत जारी गरेको राजधानीलगायत विभिन्न दैनिक पत्रिकाले खबर छापेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार