Daily Archives: 30/01/2013

नआउ चेली…


ईन्द्र भुसाल ,कुवेत

aaa

सपनाको संसार बोकी नआउ चेली
तिम्रो सपना तुहिन सक्छ
गलत नजरको बाहुल्य छ यहाँ
कलिलो जवानी कुहिन सक्छ पढ्नेक्रम जारी राख्नुहोस्

“नेपाली तारा” दिपक लिम्बु १७ मे २०१३ मा कुवेत आउँदै


ईन्द्र भुसाल ,कुवेत

कुवेतमा साँस्कृतिक कार्यक्रमको ओइरो…..
dipeknews2कुनै बेला साँस्कृतिक कार्यक्रमको त कुरा नगरौ सामान्य नेपाली कार्यक्रम पनि हेर्न पाउदा खुशीले रमाउने कुवेतबासी नेपालीहरु बिगत तीन बर्षको अन्तरालमा कुन कार्यक्रम हेर्न जाने भनेर छान्न पाउने अवस्थामा पुगेका छन। गत साल देखी सुरु भएको कार्यक्रमको लहरले यो साल अझै बाक्लो ठाउँ पाएको छ भने नेपाली संघ संस्थाहरु खुल्ने क्रम पनि साउने झरी नै बनेको छ भन्दा सुन्ने र देख्नेले हो भन्नेछन । नेपाली साँस्कृतिक कार्यक्रम कै लहरको बिचमा गत सालबाट सक्रिय अर्को एक संस्था लिम्बु समाज कुवेतले आगामी १७ मे शुक्रबारका दिन नेपालका युवा गायक दिपक लिम्बुलाई कुवेत बोलाई भब्य साँस्कृतिक कार्यक्रम गर्ने जानकारी गराएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- ‘जेठ १५ भित्र चुनाव हुन्छ’


१७ माघ, काठमाण्डौं – राष्ट्रपति डा. रामबरण यादब र प्रधानमन्त्री बाबुराम भट्टराईबीच देशको पछिल्लो राजनीतिक घटनाक्रम’bout छलफल भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा राष्ट्रपति यादवले सहमतीय सरकार निर्माणका लागि दलहरुबीच भइरहेको प्रयास र संबिधान सभाको निर्वाचनको बिषयमा चासो राख्नु भएको बताइएको छ । यादवले संक्रमणकाल लामो सयमसम्म रहेको भन्दै सहमति नभएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

विदेशका कामदारलाई विशेष आर्थिक सहायता


bidesine-yueaharuसुरेन्द्र पौडेल, काठमाडौं, माघ १७ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ‘वैदेशिक रोजगार कल्याणकारी कोष’ सञ्चालनमा ल्याउने तयारी गर्दै छ। अफ्ठेरो परेका बेला व्यवसायी तथा कामदार र तीनका परिवारका लागि कोष मार्फत संघले आर्थिक सहायता उपलब्ध गराउने छ। एक महिना भित्र कोष सञ्चालनमा आउने संघले जनाएको छ। वैदेशिक रोजगारका क्रममाः रोजगारदाता कम्पनीका कारण कामदार अलपत्र परे, दुर्घटनामा परी घाइते वा मृत्यु भए निज तथा तीनका परिवारलाई कोष मार्फत सहायता रकम उपलब्ध गराइने छ। पढ्नेक्रम जारी राख्नुहोस्

थाइल्याण्डले नेपाललाई ७ विकेटले हरायो


थाइल्याण्डमा जारी एसिसी महिला क्रिकेट च्याम्पियनसिपको सेमिफाइनल खेलमा घरेलु टोली थाइल्याण्डले नेपाललाई ७ विकेटले पराजित गरेको छ । च्याम्पियनसिपको सेमिफाइनल खेलमा टस हारेको नेपालले ब्याटिङ र बलिङ दुबैमा खराब प्रदर्शन गरेपछि फाइनलसम्मको यात्रामा पूर्ण विराम लागेको छ । पहिलो चरणमा रा्म्रो प्रदर्शन गरेका नेपाली चेलीले थाइल्याण्डसामू भने खासै उत्साहजनक प्रदर्शन गर्न सकेनन् ।