Daily Archives: 29/01/2013

कुवेतै झलमल देखिने महलको बिचमा साहित्यिक गुञ्जास, राजदुत पौडेलको सातौं कृति “अन्त्यहिन परिवेश” बिमोचित


ईन्द्र भुसाल, कुवेत

IMG_0532नेपाली कला, साहित्य, सृजना र एउटा नेपाली पन नेपालमा रहँदा भन्दा प्रबासको बिरानो बस्तीमा प्यारो हुँदो रहेछ जुन हिजो कुवेतका लागि प्रथम नेपाली राजदुत महामहिम मधुवन प्रसाद पौडेल ज्युको सातौं कृति “अन्त्यहिन परिवेश” को अभिजमान स्मृति ट्रष्ट कुवेत तथा अनेसास कुवेतका संरक्षक साहित्यकार होम बहादुर छेत्रीको निवास (लतिफा टावर)जहाँबाट गोधुली साझमा चियाएर बाहिर हेर्दा सम्पूर्ण कुवेत नै रंगीनमय देखिन्छ, सोही ठाउँमा एक कार्यक्रम बिच बिमोचन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गणतन्त्र आएपछि १०१ शहीद !(शहीद बनेकाहरुको विवरणसहित)


१६ माघ,- हरेक वर्ष एकदिन भए पनि शहीदको स्मरण गर्ने र शहीद’bout चर्चा गर्ने अवसर यसपटक पनि जुरेको छ । अरु केही नभए पनि सरकारले सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्रीलगायतका उच्चपदस्थ सरकारी अधिकृतले शहीदको शालिकमा माल्यार्पण गरेका छन् । विपक्षी दलहरुले पनि शहीदका नाममा सरकार बिरुद्ध कार्यक्रम गरेका छन् ।सबैले आआफ्नै ढंगले शहीद दिवस मनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

विस्थापित पत्रकारहरु दैलेख फर्किए


कलेन्द्र सेजुवाल, सुर्खेत, माघ १६ – माओवादीले ज्यान लिने धम्की दिएको भन्दै विस्थापित भएका दैलेखका २२ जना पत्रकारहरु छ दिनपछि आज गृहजिल्ला फर्किएका छन्। पत्रकारहरु सुर्खेत आएर बसेपछि त्यहाँका पत्रिका र एफएम बन्द थिए। पत्रकारहरुसँगै क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रिताल, क्षेत्रीय प्रहरी प्रमुख (डिआइजी) टपेन्द्रध्वज हमाल, राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय अधिकृत हरि ज्ञवाली, पत्रकार महासंघका अध्यक्ष शिव गाउँले पनि दैलेख गएका छन्।