काठमाडौं, माघ १४- एसिसी महिला क्रिकेट च्याम्पियनसिपमा मलेसियालाई सात विकेटले हराउँदै नेपालले लगातार तीन खेल जितेर सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ। टस जिती पहिले ब्याटिङ रोजेको मलेसियाले राखेको ६६ रनको लक्ष्य नेपालले ११.४ ओभरमै पूरा गरेको थियो। नेपाली इनिङमा मधु थापाले सर्वाधिक १६ रन बनाइने भने सीता मगरले १०, नेरी थापाले १०, सरिता मगरले ९ र रोशनी बोहराले १ रन बनाइन्। मलेसियाले २० रन एक्स्ट्रा दिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/01/2013
गठबन्धनका दलहरुबीच मतभेद सुरु
प्रकाश तिमल्सिना, माघ १४ – प्रधानमन्त्री बाबुराम भट्टराई र उनको सरकारलाई सहयोग गर्ने सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनका बीच धारणा बाझिन सुरु गरेको छ। गठबन्धनले पुस २५ भित्र निर्वाचनमा सहमति नभए पुनर्स्थापनाका लागि आन्दोलन गर्ने र जनमत बढाउने क्रियाकलाप अघि बढाइरहेका बेला प्रधानमन्त्री भट्टराई भने त्यसको विपक्षमा देखिएका छन्।वर्तमान संक्रमणकालीन राजनीतिको एक मात्र निकास संविधानसभा निर्वाचन भएको भन्दै गठबन्धनको निर्णयविपरीत प्रधानमन्त्रीको नयाँ धारणा सार्वजनिक भएको छ। ‘अबको राजनीतिक निकास संविधानसभा निर्वाचन नै हो,’ प्रधानमन्त्रीलेे शनिबार बिहान टि्वटरमा लेखेका छन्। जेठ १५ सम्म निर्वाचनको सम्भावना रहेको पनि प्रधानमन्त्रीको भनाइ छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार