तमु समाज कुवेतले कलाकार तथा सहयोगी सम्मान र चेलीबेटी भोजन कार्यक्रम सम्पन्न गर्‍यो


ईन्द्र भुसाल, कुवेत

1 (1)तमु संस्क्रिती, धर्म र जातिय उत्थानको लागि मात्र नभएर एक नेपालीले अर्को नेपालीलाई आत्मिय रुपमा चिन्नु पर्दछ अनी सहयोग गर्नुपर्दछ, प्रबासको ठाउँमा भन्ने अति नै सामाजिक भाब बोकेको गुरुङ जातिहरुको कुवेतमा संगठित संस्था तमु समाज कुवेतले तमु ल्होछार २०६९ लाई भब्य किसिमले सम्पन्न पार्न सहयोग गर्ने संस्थाका कलाकार, सल्लाहाकार, सदस्य लगायत नेपाली मिडियाका पत्रकार, बिभिन्न सँघ-संस्थाका सहयोगी ब्यक्ती बिशेष र स्पोन्सरहरुलाई आज एक कार्यक्रम बिच सम्मान गरेको छ । समाजले गुरुङ जातिहरुले माघे सक्रान्तीको अबसरमा आफ्ना चेलीहरुलाई खुवाउने भोजनको समेत आजकै कार्यक्रममा सम्पन्न गरेको छ ।

तमु समाज कुवेतका अध्यक्ष खोप गुरुङको सभापतित्व, सचिब राजु गुरुङको सन्चालन र संस्थापक अध्यक्ष तथा हाल बरिष्ट सल्लाहाकार रहेका अमर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ देखी लिएर बिभिन्न सँघ-संस्थाका प्रतिनिधिहरुको साथमा पत्रकारहरु नबराज पन्थी र ईन्द्र भुसालको उपस्थिती रहेको थियो । राष्ट्रिय गानबाट शुरु गर्दै दिप प्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रममा प्रबासी जीवन बिताउने क्रममा कुवेतमा केही समय पहिला आकस्मात निधन भएका स्याङ्जा जिल्ला सिमल भञ्ज्याङ गाबिस छापा गाउँका देबेन्द्र गुरुङको मृत आत्मको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना स्वरुप एक मिनट मौन धारण गरेको थियो ।

नेपालबाट ल्होछारमा अतिथी कलाकारको रुपमा आएकी शान्ती गुरुङलाई समेत सम्झना गर्दै उहाँको कुवेत आगमनको सम्पूर्ण खार्चको स्पोन्सर गर्ने तीन तमु युवाहरु नन्द घले, रमेस गुरुङ र यम गुरुङलाई पनि समाजले बिशेष सम्मान गर्‍यो । कार्यक्रममा सल्लाहाकारहरु, कलाकारहरु, सहयोगीहरु, पत्रकारहरु, संस्थाका सदस्यहरु, दुबईबाट आउनु भएका ईन्जिनियर रत्न बस्नेत देखी युएई एक्सचेन्जका राम बस्नेतलाई समेत कदर-पत्रले सम्मान गरिएको थियो । सल्लाहाकार धन गुरुङले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले शुभकामना दिनुभएको थियो । शुभकामना, सामाजिक कार्यमा तमुसमाज कुवेतको सकृयताको सबैले खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रम समापन गर्दै अध्यक्ष खोप गुरुङले तमु समाज कुवेतको हरेक कार्यक्रममा सहयोग गर्ने नेपाली पत्रकारको खुलेर तारिफ गर्दै प्रबासको यो भुमिमा पत्रकारिताबाट नेपाली समाज धेरै नै लाभान्वित भएकोले पत्रकारहरुलाई आफुले ब्यक्तिगत रुपमा ठुलो सहयोगी र तमु समाज कुवेतले पनि सदा सम्मानको नजरले हेर्ने बताउदै सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो भने कलाकारहरुमा दोर्णजङ गुरुङ, बिनोद गुरुङ, बबिता गुरुङ र अतिथी कलाकार शान्ती गुरुङलाई बिशेष धन्यवाद दिदै तमु समाज कुवेत केवल गुरुङहरुको लागि मात्र नभएर प्रबासमा सम्पूर्ण नेपालीहरुको सहयोगी संस्थाको रुपमा अगाडि जान चाहेको स्पष्ट पार्दै आगामी दिनमा पनि यस्तै खुशी मनाउन पाउने आशा ब्यक्त गर्नुभयो । कार्यक्रममा सम्पूर्ण उपस्थित चेलीहरुलाई  जेष्ठ नागरिक श्री रोहित बहादुर गुरुङ दम्पती द्वारा खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमका केही मुख्य झलकहरु

One response to “तमु समाज कुवेतले कलाकार तथा सहयोगी सम्मान र चेलीबेटी भोजन कार्यक्रम सम्पन्न गर्‍यो

  1. indraji newsko lagi dherai dhanyabad.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.