किरण आले मगर
आमा, बुहारी, श्रीमती चाहिन्छ सबैलाई
छोरी !! छोरी किन चाहिंदैन ?
जातभात भनिकन भेदभाव गर्न पाईंदैन
छोराले झैं छोरीले नि काम गर्न सक्छन् हेर
समय, माया र शिक्षा दिए जाने छैन खेर
छोरा जन्मे हाँस्ने गर्छन छोरी जन्मे रुने
छोरा बुहारी छुट्टिए पनि छोरी साथै हुने
कति ख़ुशी हुने गर्छन छोरा जन्म्यो भनि
कतिले त हत्या गर्छन, आफ्नै सन्तान छोरीको पनि
थोरै मात्र ख़ुशी हुन्छन छोरी जन्मिदा खेरी
बुढेसकालमा साथ दिने छोरी नै हुन फेरी
छोराले मात्र घर होईन छोरीले नि हेर्छन
घर भित्रको काम मात्र होईन बाहिरको नि गर्छन
छोराले मात्र होईन छोरीले नि विश्व हाकेकै छन्
अन्तरिक्षमा पुगीवरि रेकर्ड पनि राखेकै छन
छोरीलाई हेला गर्छन किन मान्छन घिन
छोरीलाई नै पुजा गर्छन देवता मान्छन सबैले रातदिन
माता लक्ष्मी, पार्वती देवि सरस्वती
पुजा गर्छन सबैले पल, घड़ा र रति
प्राथमिकता छोराछोरी दुबैलाई बराबरी दिऊ
मित्रताको साथ बढ्छ यहि शिक्षा लिऊ
अस्तित्वनै संकटमा पर्छ छोरामात्र पाए
मानिसको वंश नै विनास हुन्छ दुवै साथ नभए
छोरामात्र सवथोक होईन छोरीलाई नि मानौ
छोराछोरी बराबरी यहि नारा भनौ, यही नारा भनौं…
kiranji dherai ramro keep the continue.