ज्ञानेन्द्रले भने,’मुलुक बिग्रियो, बनाउन गाह्रो छ’


gyanendra-shah११ माघ, पूर्वराजा ज्ञानेन्द्रले मुलुकको बिग्रँदो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको विशालनगरस्थित घरमा बुधबार साँझ एकजना पत्रकारसँग लामो कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्रले मुलुकको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको हो । कमल थापाका एकमात्र छोरा सुवास थापाको विवाहको निम्तो मान्न पूर्वराजा ज्ञानेन्द्र शाह थापानिवास पुग्नुभएको थियो । त्यहाँ पूर्वराजा शाहले पत्रकार युवराज घिमिरेसँग निकै लामो कुराकानी गर्नुभएको थियो ।

मुलुकलाई बिगारेर यो अवस्थासम्म पुर्‍याउन विदेशीहरुले निकै ठूलो कसरत गरेको र अब मुलुकलाई सुधार्न योभन्दा बढ्ता मेहनत गर्नुपर्ने पूर्वराजाको भनाइ रहेको स्रोत बताउँछ ।

हिजो पूर्वराजालाई, आज नागरिकलाई

पूर्वराजालाई अध्यक्ष थापाका छोराको विवाह भोज बुधबारै खुवाइए पनि अन्य नागरिकका लागि भने आज बेलुका ५ बजेदेखि आमी अफिसर्स क्लब भद्रकालीमा छुट्टै भोजको आयोजना गरिएको छ । विवाह निकै तडक-भडकका साथ गरिएको स्रोत बताउँछ ।

ठूला होटलहरुको नेटवर्कसँग सम्बन्धित बीड कन्सल्टेन्सीमा काम गर्ने थापापुत्र सुवासको विवाह डिल्लीबजारस्थित भोजन गृहका मालिक भरत बस्नेतकी जर्मनीबाट एमबीए अध्ययन गरेर र्फकेकी छोरी शुभेच्छा बस्नेतसँग भएको हो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.