अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत शाखाले सफत खायो, सबैबाट सफलताको शुभकामना


ईन्द्र भुसाल ,कुवेत
67966_475845442451196_1714103115_nनेपाली  संस्कृति ,कला र साहित्यलाई नेपाली भएको गौरब गर्दै संसारमा नेपाली र नेपाललाई चिनाउने उदेस्यले अन्तरर्राष्ट्रिय स्तरमा संगठित भएको संस्थाको कुवेत साखाले आज एक औपचारिक कार्यक्रम बिच उद्घाटन गर्दै सफत खाएको छ। नेपाली राजदुताबास कुवेतकी श्रम सहचारी श्रीजना तिवारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा कार्यसमितिका सदस्य कलाकारहरु देखी सल्लाहाकारहरु,कुवेतमा क्रियाशिल बिभिन्न नेपाली संघ संस्थाका प्रमुख,अन्लाईन मिडियाका पत्रकारहरुको उपस्थिती रहेको थियो। संस्थाका माहासचिब मनोज काफ्ले(मनसुन)को सन्चालन र अध्यक्ष एवंम लोकगायक बिबी मल्लको सभापतित्वमा सम्पन्ह भएको कार्यक्रममा  लोक गायक डि बि लोप्चनले संस्थाको गठन र उदेस्यको ’boutमा जानकारी दिनु भ्एको थियो। स्वागत मन्तब्य दिदै लोक गायक माधव शर्माले ढिला भएपनी प्रबासी कलाकारहरु एक जुट भएकोमा खुशी ब्यक्त गर्दै सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्नु भएको थियो ।
76985_475846949117712_1159828469_nनेपाली समाज कुवेतमा बेला बेलामा हुने बिखण्डन र अश्वस्थ राजनीतिक प्रतिस्पर्धा जस्तै खेलको सिकार भएका कलाकारहरु एउटै छातामा आएको यो खुशीको दिनमा कलाकारहरु एक हुनुपर्नेमा सम्पूर्ण बक्ताहरुले जोड दिदै संस्थाको बिकासको लागि सकेको सहयोग गर्ने वचन दिनु भएको थियो । प्रमुख अतिथीको आसनबाट शुभकामना ब्यक्त गर्दै श्रीजना तिवारीले कलाकार राष्टका अमुल्य निधी भएकोले आफ्नो कला र  संस्कृतिबाट देश चिनाउने कलाकारहरुलाई माया र हौसला प्रदान सरकारी स्तरबाट पनि हुनुपर्नेमा जोड दिदै सफलताको कामना गर्नु भएको थियो। संस्था गठनको लागि बिशेष पहल गर्ने र सहयोग गर्ने एन आर एन ए का उपाध्यक्ष राजु थापा,घेदुङका उपाध्यक्ष अर्जुन तमाङ,कल्यान श्रेष्ठ(मेनपावर एसोसिएन का अध्यक्ष )लगायतलाई समाजले बिशेष धन्यवाद दिएको थियो । शुभकामना मन्तब्य दिने सम्पूर्ण बक्ताहरुले नेपाली समाज कुवेतले प्रबासी  कलाकारहरुले मर्म बुझ्नु पर्नेमा सुझाब दिदै स्थानिय  कलाकारहरुलाई बिशेष जोड दिनु पर्ने धारणा राख्नु भएको थियो ।

419662_548023058550609_462890555_nशुभकामना दिनेहरुमा एन आर एन ए का राजु थापा ,क्लब अध्यक्ष धर्मराज गिरी ,मेनपावर एसोसिएसनका कल्यान श्रेष्ठ ,प्रगतिशिल मञ्चका कुमार झापाली ,जनजाग्रिती युवा समाजका दिपक छेत्री ,अनेसासका राजन रिमाल,बुद्दिजिवी एवंम क्लब पुर्व अध्यक्ष किरण पौडेल,राम बस्नेत ,ठाकुर पौडेल, र पत्रकार तथा क्लब सचिब ईन्द्र भुसाल रहनु भएको थियो। कुवेतमा कृयाशिल लगभग सम्पूर्ण नेपाली संस्थाहरुका प्रमुख र प्रतिनिधिहरुलाई समिटेएको यो सस्थाको अध्यक्ष पदको जिम्मेबारी लोक गायक बि बि मल्ल ठकुरिको  काधमा सुम्पिएको छ। कार्यसमिती सदस्यहरुलाई एन आर एन ए का उपाध्यक्षले सफत ग्रहन गराउनु भएको कार्यक्रममा नेपाली समाज कुवेतमा भएको गतिबिधी र नेपालीहरु मिलेर अगाडि जानुपर्ने धारणा एन आर एन ए का महासचिबले राख्दै ८ फेब्ररीको छलफलमा सबैलाई आउन आग्रह समेत गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै सस्थाका अध्यक्ष एबम लोक गायक बि बि मल्लले कलाकारितामा आफु बाल्यकाल देखिनै लगाब रहेको र मुरली ,मादल र सारङीमा बसेको मायाको काहानी सुनाउदै सम्पूर्ण कुवेतबाशी नेपालीहरु ,संघ सस्थाका साथीहरुको सयुक्त सुझाब ,सहयोग र सल्लाहाबाट अगी बढ्ने बाचा गर्दै कलाकारहरुको हितमा सदा काम गर्ने र यो राष्ट चिनाउने सस्थालाई आफुले सकेसम्म उचाईमा पुराउने छु भन्नु भयो ।लाली गुराँस साँस्कृतिक परिवार,नेपाल कुवेत साँस्कृतिक मञ्च,तमु समाज देखी तमाङ घेदुङका कलाकारहरु समेटी कलाकारहरु एउटै मालामा बाधीएका छन ।  कार्यसमितिको जिम्मेबारी यस प्रकार रहेको छ

श्री बि.बि. मल्ल -अध्यक्ष
श्री डि बी लोप्चन तामाङ -उपाध्यक्ष
श्री माधव शर्मा -उपाध्यक्ष
श्री मनोज काफ्ले “मनसुन”- महासचिव
श्री अनिल रसाइली -सचिव
श्री पुष्प वाइवा -कोषाध्यक्ष
श्री निशा तमाङ योन्जन -सहकोषाध्यक्ष
श्री देव लिम्बु -कार्यकारी सदस्य
श्री माया न्यौपाने -कार्यकारी सदस्य
श्री सोम रसाइली -कार्यकारी सदस्य
श्री गोविन्द बराल – कार्यकारी सदस्य
श्री अर्जुन तामाङ – कार्यकारी सदस्य
श्री बिनिता भण्डारी – कार्यकारी सदस्य
श्री दोर्णजंग गुरुङ – कार्यकारी सदस्य
श्री बिनोद गुरुङ -कार्यकारी

सल्लाहाकार समिति(Advisory Committee)

श्री राजेन्द्र बिरही
श्री किरण पौडेल
श्री ध्रुब कुमार संग्रौला (कुमार झापाली)
श्री जय आले
श्री नवराज पन्थी
श्री दीपक लिम्बु
श्री हरिकृष्ण न्यौपाने
श्री टिका आचार्य
श्री किरण आले (महिला)

One response to “अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत शाखाले सफत खायो, सबैबाट सफलताको शुभकामना

  1. ma kuwait aayeko 2 barrsa vayo news padd6u facebookma photo pani dekh6u malai pani yesta sang sastama basera kam garrna ma lagyo yeuta yestai saskrtik sang ma kam garrne dailai phone garera sodeko dai ma pani membar bannu paryo tapaiharuko sasthako vaneko nachna, gaauna, bajaauna aau6 vanera sodhnu vayo maile aaudaina vane teso vaye yaha ko sadasyata lina nachna gaaauna bajauna aauna parr6 vannu vayo nachna gaauna bajauna naaaune vayepa6i sadasyata line kurai vayena vanne soche aahile mathi news here mero face bookma pani friend hunuhun6 uha uha sanga parichaye garera yesko barema bujjnu paryo vaneko “hi” van6u hello vann6u ye didi ma pani nepali ho reply garrnus na vann6u aaha marigaye reply aaudaina tapai sanga khi kura bujnu paryo tapaiharuko sasthako barema vaneko marigaye reply aayena pa6i yeuta dailai phone garera sodeko uha didi ta manegar leval ko man6e sanga matrai bollu hun6re hami jasta mediam khalo man6e sanga uhale kura garrnu hunre hahaha dukha lagyo bidesma aayera pani hami hami bich vedvab rakhne yesta man6ele aantarastiya starma aafno khalako pahichan dinere aaba malai yeuta prasna garrna man lagyo nachana, gaauna ra bajaauna na aaune kuwaitma hami jasto mediam class ko kamai vayeko man6ele yo sstako membar banna namille ho aaba yo sasthama jati pani membar haru 6n sabai kalakar haru matrai abbadha 6n ho ? ani aarko kura ma kam garrne companile cultral dance program rakheko 6 jasma 7 vanda badi desle aafno perfomence dekhaudai 6n jaha europian , amirican dekhi bivina desko man6e haru tyo programma aaune 6n hami nepali le pani khi aafno cultral dance dekhaune plane banako 6u haamilai tesko lagi nepli dress chahiyeko 6 tesko lagi hamilai tapaiharuko sahayog ko aabasyak 6 k tapaiharu hamile dress dina saknu hun6 1 dinko lagi ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.