Daily Archives: 23/01/2013

कमाउन आएकी नेपाली चेली एक बर्ष हस्पिटल बसेर नेपाल फर्किन


ईन्द्र भुसाल ,कुवेत
Dil Mayaदैनिक सयौको संख्यामा खाडी मुलुकमा रोजगारी गर्न आउने नेपाली चेलीहरु सबैलाई यो खबरले दु:खी बनाउने छ। कसैको जिन्दगी प्रबास  फलिफाप हुन्छ भने कसैको लागि अभिषाप भन्दा फरक नपर्ला। त्यस्तै अभिषाप भएको छ।  नुवाकोट  दियाले १ कि दिलमाया मोक्तानलाई जुन आज सोचेको भन्दा धेरै फरक जिन्दगी लिएर नेपाल फर्किन। पढ्नेक्रम जारी राख्नुहोस्

मेची – महाकाली बृद्धाश्रमको लागि छलफल बोलाईयो,सामाजिक कार्यमा सहभागी कती होलान कुवेतबासी नेपालीहरुले हेर्न बाँकी


ईन्द्र भुसाल ,कुवेत
418112_524775734214191_65309420_nकेही समय पहिला क्लब अध्यक्ष धर्मराज गिरी लगायत कुवेतमा क्रियाशिल एन आर एन ए कुवेतका अध्यक्ष देखी सल्लाहाकार अनी पत्रकार तोयानाथ दाहाल हुँदै राजु खड्का अनी किरण पौड्याल सम्मको सहभागीता मात्र होईन कुवेतमा रहेका प्राय सम्पूर्ण नेपाली संघँ संस्थाका अध्यक्ष देखी सदस्यहरुलाई समेटी गठन पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीलाई दैलेख प्रवेशमा रोक लगाउन बन्द आव्हान्


सुरक्षा व्यवस्था कडा
१० माघ, सरकार विरोधी आन्दोलन थालेका प्रतिपक्षि दलहरुले प्रधानमन्त्रीलाई दैलेख प्रवेशमा रोक लगाउन जिल्ला बन्द आव्हान गरेका छन् । ७ विपक्षी दलले आज दिउँसो २ बजेदेखि ४ बजे सम्मका लागि यातायात र दिनभर सदरमुकाम बन्द गरि प्रदर्शन गर्ने बताएका छन् ।आन्दोलनकारीले ठाउँ ठाउँमा रुख ढालेर सदरमुकाम पुग्ने चारैतिरका नाका बन्द गराएका छन् । प्रधानमन्त्रीले जबरजस्ती प्रवेश गर्न खाजे सयुक्त अवरोध गर्ने एमालेका जिल्ला अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

अनलाइनबाटै सवारी किनबेच र भाडामा लिने सेवा सुरु


एनआरएनलाई १० प्रतिशत छुट
१० माघ, अनलाइनमार्फत् नेपालमा नयाँ तथा पुराना सवारीसाधन किनबेच र भाडामा लेनदेनका लागि टी.क्यू.एम. इन्टरनेशनलले अनलाइन सेवा सुरु गरेको छ ।www.tqmnepal.com मार्फत् अब तपाईले कुनै पनि पुराना तथा नयाँ सवारी साधन किनबेच र भाडामा लिनदिन, मेशिन, उपकरणहरु र सवारी साधन नेपाल आयात गर्न सक्नुहुनेछ । गैरआवासीय नेपालीहरुको अग्रसरतामा सन् २००५ मा जापानमा स्थापित भई अग्रणी कम्पनीको सूचीमा परेको टीक्यूएम इन्टरनेशनलले हालै मात्र नेपालमा यो सेवा सुरु गरेको हो । कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत उदय कँडेलले जापानमा लोकप्रिय यो सेवालाई नेपालमा पनि विस्तार गरिएको बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमति दाबी गर्ने फेसबुककी साथीसँग बिहे


सिद्धराज राई,माघ १० – फेसबुकमा भएको कुराकानीकै आधारमा श्रीमति भएको दावी गर्दै घर आएकी महिलासँग मौनाबुधुक गाउँ विकास समिति वडा नं. ८ धनकुटाका हेमकर्ण कोइरालाले बिहे गरेका छन्। चार महिना अगाडि फेसबुकमा भेटिएकी २२ वर्षीया सविता अधिकारीले श्रीमति भएको दावी गर्दै घर बस्दै आए पनि श्रीमति मान्न अस्वीकार गरेका कोइरालाले मंगलबार धनकुटा सदरमुकाममा भएको छलफलपछि स्वीकार गरेका हुन्।  पढ्नेक्रम जारी राख्नुहोस्

गोरु काट्नेलाई छुटाउन पाँचथर बन्द


खगेन्द्र अधिकारी, ताप्लेजुङ, माघ १० – गोरु काटेको अभियोगमा पक्राउ परेकाहरुलाई छोड्नु पर्ने भन्दै आदिवासी जनजाति महासंघको अगुवाईमा आज बिहानैदेखि गरिएको पाँचथर बन्दका कारण ताप्लेजुङमा पनि यातायातका साधन चलेका छैनन्। ताप्लेजुङबाट पाँचथर, इलाम र झापाका लागि छुट्ने आधा दर्जन बस तथा ट्याक्सीहरु नछुटेपछि यात्रुहरु अलपत्र परेको ताप्लेजुङ बुकिङ काउण्टरका इञ्चार्ज राजन गुरुङले बताए। आदिवासी जनजाती लगायतका आठ वटा संगठनले आज र भोलि दुई दिनका लागी यातायात बन्दको आव्हान गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्