Daily Archives: 19/01/2013

भब्य रुपमा मनायो मगर सँघ, कुवेतले माघे सक्रान्ती पर्व, S.D.F.C ले जित्यो भलिवल प्रतियोगिताको उपाधी


ईन्द्र भुसाल, कुवेत

23758_4596942279333_1797276893_nआफ्नो जातिय उत्थान, भाषा-भेषभुषा र संस्कृतिको पहिचान तथा संरक्षण गर्ने मुल उद्देश्यका साथ ७ महिना पहिला नेपाल मगर सँघका केन्द्रिय अध्यक्षको आतिथ्यतामा गठन भएको मगर सँघ कुवेतले मगरहरुको राष्ट्रिय साँस्कृतिक पर्व माघे संक्रान्ती हिजो S.D.F.C कुवेतको खेल मैदानमा आफ्नो प्रथम सार्वजनिक कार्यक्रम स्वरुप अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गरेर भव्य रुपमा मनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

NRNA कुवेतले छलफलको लागि नेपालीहरुलाई ८ फेब्रुअरीमा बोलायो, अगामी अधिवेसन र नयाँ नेत्रित्वको ’boutमा बहस हुने सम्भाबना


ईन्द्र भुसाल ,कुवेत

FINALनेपालीको लागि नेपाली भन्ने सुनौलो नाराका साथ कुवेतमा गठन भएको गैर अवासिय नेपाली संघँ कुवेतले पहिलो पटक आगामी अधिवेसन,एन आर एनले तय गर्नु पर्ने भाबी कार्यदिशा र सम्पूर्ण नेपालीहरुको सहभागीतामा संस्था अगाडि बढोस् भन्ने धारणा सहित कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघँ संस्थाका अध्यक्ष देखी सचिब वा महासचिब ३ जना अनिबार्य र सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई ब्रिहत छलफलको पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार हत्यामा १५ संलग्न


कलेन्द्र सेजुवाल/गोविन्द केसी, सुर्खेत/दैलेख, माघ ६ – सुरुमा चारजनाविरुद्व किटानी जाहेरी परेको पत्रकार डेकेन्द्र थापा हत्या-प्रकरणमा १५ जनाको संलग्नता खुलेको छ। पक्राउ अभियुक्तसँगको बयानका आधारमा पछिल्लो समय थप ६ जना हत्यामा संलग्न रहेका प्रहरीले जनाएको छ। अनुसन्धानमा संलग्न प्रहरीले घटनामा चार किसिमको संलग्नता रहेको विश्लेषण गरेको छ। अपहरणमा तीन, शरीरबन्धकमा दुई, यातना तथा हत्यामा ९ र आदेशमा एक व्यक्ति संलग्न रहेको प्रहरी स्रोतको भनाइ छ। पढ्नेक्रम जारी राख्नुहोस्

एयरपोर्टमा मान्छेका टाउकै टाउका


human-skullsअमेरिकाको सिकागो विमानस्थलमा मान्छेका १८ वटा टाउका फेला परेका छन् । इटालीबाट पठाइएका प्याकमा १८ वटा मान्छेका टाउका भेटिएको घटनाले सबैलाई त्रसित समेत बनायो । एयरपोर्टका अधिकारीहरुले चेकजाँचको क्रममा फेला पारेका ती टाउका कसका हुन् र त्यसरी विभत्स रुपमा किन अमेरिका पठाइयो ? भन्ने कुराको अनुसन्धान गरिरहेका छन् ।अन्ततः ती मानव टाउका वैज्ञानिक अध्ययनका लागि दान गरिएको र नष्ट गर्नका लागि अमेरिका पठाइएको तथ्य खुलेको छ । इटालीको रोममा अनुसन्धान सम्पन्न भएपछि त्यसलाई अनुसन्धान संस्थाले व्यवस्थित रुपमा अमेरिका पठाएको अधिकारीहरुले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

धनी मानिस अत्यधिक दुःखी


man-tensionधनी हुनु आफैँमा सजिलो कुरा होइन् । निरन्तरको मेहनत र अथक प्रयत्नपछि मात्र थोरै मानिसले धनीको पगरी गुथ्न सफल हुन्छन् । तर, जति मानिस धनी हुन्छ त्यति नै ऊ दुःखी बन्छ भन्दा धेरैले पत्यार नगर्न सक्छन् । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनले यस्तै कुराको खुलासा गरेको छ । ‘दि मिलिनरिज ह्यापिनेस रिर्पोट’ ले बिहीबार सार्वजनिक गरेको सो प्रतिवेदनले सर्वाधिक धनी मानिस निकै दुःखी हुने देखाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

भुतपुर्व बिध्यर्थी मञ्चको सामाजिक कार्यको लागि तमु समाज कुवेतका अध्यक्षबाट आर्थिक सहयोग उपलब्ध


शिव पौडेल,कुवेत 
261274_174494189279768_8259014_nआफु जन्मेको ठाउँ,देश,समाज अनी आफुले बाल्यकालमा पढेको बिध्यालय जीवनको अनन्त काल सम्म सम्झनाको तरेलिमा रहन्छन। चाहेर पनि भुल्न सकिदैन नत भुल्न नै कसैले चाहन्छ। परिस्थितीले धेरै टाढा बनाउला तर मानसपटलमा रहछ त्यो सबै जहाँ हामी हुर्कन्छौं। समाजमा हरेक किसिमका नागरिक जन्मन्छन र मर्छन कसैको धारणा सामाजिक हुन्छ भने कसैको ब्यक्तिगत अनी कसैको दुबै तेतिमात्र फरक हो । कुवेतमा पनि त्यस्तै धेरै ब्यक्तीहरु छन अनी संस्थाहरु पनि जस्ले सामाजिक कार्यको सहयोग, समर्थन अनी सुझाब र सल्लाह दिन्छन ।
प्रबासमा रहेर पनि आफ्नो ठाउँमा रहेको आँफैले पढेको बिध्यालयलाई केही गरौ भन्दै अगाडि बढेर संस्था गठन गरी काम गर्दै आएका क्लब सचिब ईन्द्र भुसालले नेत्रित्व गरेको संस्था भुतपुर्व बिध्यर्थी मञ्च श्री स्वधर्म मा बि पाखापानी २ पर्बतलाई तमु समाज कुवेतका अध्यक्ष खोप गुरुङले ७,००० ने रु आर्थिक सहयोग गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्