Daily Archives: 16/01/2013

लालिगुराँस साँस्कृति परिवारको महाअधिवेशन १८ जनवरी २०१३ मा हुने


254984_172501812811139_7020509_n“हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुलवाणीलाई ह्रदयंगम गर्दै प्रवासमा रहेर पनि नेपाल र नेपालीको पहिचान, भेषभूषा, भाषालिपि र संस्कार, संस्कृतिलाई एक साँस्कृतिक माध्यमबाट जगेर्ना गर्न र बिश्वमा चिनाउन सफल लालीगुराँस साँस्कृतिक परिवार, नेपाल–कुवेतको यस कुवेत नगरीमा आउँदो जनवरी १८ तारिकका दिन महाअधिवेशन हुने परिवारका उपाध्यक्ष राजेन्द्र बिरहीले कुवेतनेपाल डटकमलाई जानकारी गराउनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

दुबै संस्थाका साथीहरु नरिसाउन भनेर नै कुनै एक संस्थामा आबद्ध हुन गईन -गायक द्रोण जङ गुरुङ


ईन्द्र भुसाल ,कुवेत 
draतमु समाज कुवेतको ल्होछार कार्यक्रममा अतिथी कलाकार शान्ती गुरुङको साथमा साथ दिदै आफ्नो कला प्रस्तुत गरेका प्रबासी गायक द्रोण  जङ गुरुङले आफ्नो गायन यात्रा देखी कुवेतमा मौलाएको संगीतको बातावरणको ’boutमा केही रहस्य खोलेका छन। लम्जुङ जिल्लाको दुराडाँडामा जन्मिनु भएका गुरुङ सानै उमेर देखी गाउन मन पराएको र गुरुङ समाजमा पहिला पहिला बसिने रोदी हुँदै स्कुलको कार्यक्रम अनी स्टेज सम्म गाउन सफल भएको बताउछन। नेपालबाट त्यस्ता धेरै कलाकार प्रबासमा आउन वाध्यछन जसले गाउने खुबी भएर पनि आफ्नो पारिवारिक अवस्था र जिम्मेबारी को कारण केही कमाउन प्रबासमा आउन पर्ने अवस्था छ पढ्नेक्रम जारी राख्नुहोस्

पूर्व सहायक राज्यमन्त्री पासवानविरुद्ध उनकै पूर्व पीएद्वारा ठगी उजुरी


उपेन्द्र यादव, बारा, माघ ३ – पूर्व भौतिक योजना तथा निर्माण सहायक मन्त्री तथा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) की नेतृ कलावती पासवानलाई उनकै तत्कालीन निजी सचिव दिपलाल हजराले विभिन्न व्यक्तिलाई जागिर लगाई दिने नाउँमा आफूबाट रकम असुली गराई रकम फिर्ता नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय बारामा बुधबार ठगी मुद्दामा उजुरी दिएका छन्।  पढ्नेक्रम जारी राख्नुहोस्

दुतावासले हामीलाई वास्ता गरेन, राजु थापा र राजु खड्का


शिव पौडेल

3574913IMG_5324हिजो बेलुका कुवेतको मालिया स्थित KFC रेष्टुरेन्टमा नेपाली महिला खेलाडीहरुका लागि राजु थापा NRNA कुवेतका उपाध्यक्ष र राजु खड्का जनसम्पर्क समितीका अध्यक्षले सयुक्क्त रुपमा रात्री भोजको आयोजना गरेका थिए । साँझ ६ बजे आयोजना गरिएको उक्त भोजमा नेपाली महिला फुटवल टिमका २० जना खेलाडी र ७ जना अन्य समेत २७ जना भोजमा सामेल थिए भने कुवेतमा रहेका कृयासिल सँघ सँस्थाका प्रतिनिधी र पत्रकार समेत गरी करिब ५० जनाले KFC को मजा लिएका थिए। सोमबार दुतावासले आयोजना गरेको रात्री भोजमा आफुहरुलाई वास्त नगरेको कुरा  पढ्नेक्रम जारी राख्नुहोस्