Daily Archives: 15/01/2013

अब पालो सोनाम ल्होछारको फेब्ररी १ मा अर्को सागितिक धमाका हुँदै ,


ईन्द्र भुसाल ,कुवेत
533813_181333275343221_1101242642_nतामाङ घेदुङले अहिले सम्म झन्डै ३,८५००० आर्थिक सहयोग गरेको छ
गुरुङ जातिको ल्होछार पर्व सकिएर थोरै सेलाएको नेपाली समाज कुवेत अब तमाङ जातिको महान पर्व सोनाम ल्होछारमा हुन गैइरहेको १ फेब्ररी को साँस्कृतिक कार्यक्रमलाई पर्खिरहेको छ। आफ्नो स्थापना कालदेखी नै भब्य किसिमले सोनाम ल्होछार र बुद्ध जयन्ती मनाउदै आएको नेपाल तामाङ घेदुङ कुवेतले नेपालबाट आउने चर्चित कलाकारहरु रोज मोक्तान र विल्सन बिक्रम राइ ( तक्मे बुडो ) को साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती आबासियाको इन्डियन स्कुलमा पस्कने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रवासी मेची महाकाली एकता समुह कुवेतले नक आउट अन्तर नेपाली फुटबल टुर्नामेण्ट गर्दै


Aaaaदुर्गा ढुंगेल माबुल्ला कुवैत – आगामी शुक्रबार १८,०१,२०१३ का दिन प्रवासी  मेचि महाकाली एकता समुह कुवेतले  महाबुल्ला स्थित लतिफा टावरको अगाडि फुटबल मैदानमा प्रतियोगिता हुने जानकारी,आयोजक मेचि महाकाली एकता समुह कुवेतले दिएको छ। खेल बिहानको ७ बजे उद्घाटन हुने र उक्त खेल लाइ दुइ वर्ष देखी चर्चामा रहेको । पढ्नेक्रम जारी राख्नुहोस्

पुरुषलाई सुत्केरी विदा’bout एमाओवादीमा छलफल !


Maoist-Flagसन्तान जन्माउन बिहे गरिरहनु नपर्ने
२ माघ, आगामी माघ २० मा हेटौडामा हुने नेकपा एकीकृत माओवादीको महाधिवेशनमा पुरुषलाई कति दिन सुत्केरी विदा दिने भन्ने’bout छलफल हुने भएको छ । महाधिवेशनमा छलफलका लागि केन्द्रीय समितिद्वारा पारित राजनीतिक प्रतिवेदनममा अध्यक्ष प्रचण्डले पुरुषहरुलाई एक महिना सुत्केरी स्याहार विदा दिइनुपर्ने उल्लेख गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चुनावको लागि ‘जागिर’ खुल्यो


विज्ञापन गरेर गठन भएको पार्टीको अर्को नौटंकी
२ माघ, काठमाडौं । सरकारी तथा गैरसरकारी संघसंस्थाले कामदार मागेको शैलीमा गएको कात्तिक दोस्रो हप्ता राष्ट्रिय पत्रिकामा उपाध्यक्षदेखि जिल्ला सभापतिसम्म विज्ञापन माग गरेर गठन भएको एउटा दलले आफ्नो ‘नौटंकी’ अझै छोडेको छैन । उपाध्यक्ष, महामन्त्री, सचिव, कोषाध्यक्ष, प्रवक्ता, सचेतक, केन्द्रीय सदस्य, भ्रातृ संगठनका अध्यक्ष, जिल्ला सभापति लगायतका बिभिन्न १७ पदमा २ सय ७३ जनाको आवेदन माग गरेर थालिएको ‘नौटंकी’ अहिले चुनावको उम्मेद्वार माग्ने तहसम्म पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

वैद्य अध्यक्ष बन्ने कि थापा ?


नेतृत्व विवादले महाधिवेशन लम्बियो-
प्रकाश तिमल्सिना, काठमाडौं, माघ २ – पदाधिकारी र केन्द्रीय समिति चयन विवादले नेकपा-माओवादीको ६ दिनदेखि राजधानीमा जारी महाधिवेशन लम्बिएको छ। उच्च स्रोतका अनुसार भावी नेतृत्व कसले गर्ने भन्नेमा पदाधिकारीबीच नै दुई धार देखा परेको छ। अध्यक्ष मोहन वैद्य, सचिवद्वय देव गुरुङ र नेत्रविक्रम चन्द एकातिर छन् भने उपाध्यक्ष सिपी गजुरेल र महासचिव रामबहादुर थापा अर्कातिर। जसका कारण नेतृत्व चयनमा सहमति हुन नसकेको उनको भनाइ छ। पढ्नेक्रम जारी राख्नुहोस्