गायन क्षेत्रलाई नै मुख्य प्राथमिकताका साथ अगाडि बढ्ने छु -कलाकार शान्ती गुरुङ


ईन्द्र भुसाल, कुवेत

734939_4565845821941_1485284263_nतमु समाज कुवेतले गत शुक्रबार भब्यरुपले सम्पन्न गरेको तमु ल्होछार कार्यक्रममा भाग लिन आउनु भएकी नब उदयमान गायिका शान्ती गुरुङ अति नै खुशीका साथ ल्होछार मनाएर नेपाल फर्कदै छन । कास्की जिल्लाको पोखरा नगरपालिका नागढुङ्गामा जन्मनु भएकी कलाकार गुरुङ भर्खरै कोरियामा साँस्कृतिक कार्यक्रम गरी नेपाल हुँदै कुवेत आईपुगेकी हुन । भ्वाईस अफ पोखरा-२०६८ मा भाग लिएर टप फाईबमा पर्न सफल शान्ती गुरुङले सयभन्दा बढी गीत गाईसकेकी छिन भने गुरुङ चलचित्र सपना होकी बिपना र चिनो चलचित्रमा अभिनय समेत गरिसकेकी गुरुङ गायनमा मात्र होईन न्रित्यमा समेत कुशल छन । 481264_519111108120733_947063402_nस्कुले जिन्दगीमा बिभिन्न कार्यक्रममा भाग लिदै बाथरुममा गुनगुनाउँदै अहिले यो ठाउँमा पुग्न सफल भएकोमा गर्व गर्ने उनले प्रेरणाको लागि कलाकार धन बहादुर गुरुङलाई सदा सम्झन चाहन्छिन । नेपालका बिभिन्न ठाउँमा स्टेज कार्यक्रममा भाग लिएर चर्चामा रहेकी कलाकार गुरुङसँग कुवेतनेपाल डट कमले केही जिज्ञासा राख्ने मौका पाएको थियो प्रस्तुत छ उनै उदयमान कलाकार शान्ती गुरुङको छोटो अन्तर्वार्ता ।59579_519111371454040_1092540397_n

१) कोरिया देखी काठमाडौं हुँदै बिना आराम कुवेत आउनु भयो कस्तो महसुस भयो स्वागतदेखी कार्यक्रममा पुग्दा ?
– निकै हँसिलो मुद्रामा प्रस्तुत हुँदै.. बिमानस्थलमा पाएको स्वागत अनी तमु समाज कुवेतले गरेको सम्पूर्ण किसिमको पारिवारिक बातावरण पाउँदा आफुलाई अति नै खुशी लागेको छ भने बिमानस्थलमा उपस्थित हुनु भएका समाजका पदाधिकारीहरु लगायत अन्य नेपाली संस्थाका प्रतिनिधिहरुको उपस्थितिले आफुलाई खुशीको साथमा केही नर्भस बनायो ।

२) आफु गायन क्षेत्रमा प्रबेशको ’boutमा केही बताई दिनुहुन्छ कि ?
– स्कुले जिन्दगीमा धेरै नै सरिक हुने गर्दथे बिभिन्न साँस्कृतिक कार्यक्रमहरुमा अनी सानै देखी गाउने ईच्छा थियो । पछी गएर तमु समाजका बिभिन्न कार्यक्रम हुँदै कलाकार दाजु धन बहादुर गुरुङसँगको भेट पछी उहाँले गरेको सहयोग र उहाँकै कारण भ्वाईस अफ पोखरामा भाग लिने मौका पाएं र त्यसपछी बिभिन्न सांगितिक कार्यक्रममा भाग लिदै गुरुङ चलचित्रमा गुरुङ गीत गाउन पुगे र सयभन्दा धेरै गीत रेकर्ड गराएकी छु र भबिष्यमा गायन क्षेत्रलाई नै प्राथमिकताका साथ अगाडि बढाउने छु ।

३) नेपालमा कलाकारहरुलाई एल्बमा निकालेर खर्च उठाउन पनि सहज छैन भन्ने बिषय धेरैजसो – कलाकारबाट सुनिन्छ, कत्तिको असर पारेको छ गीत कपी गर्ने र बितरण गरिने कार्यले ?
वास्तबमै यो कठिन बिषय हो समाधानको लागि किनकी एलबम निक्लिने बित्तिकै पुरा बजारमा एकबाट अर्को गर्दै फैलिन्छ मेमोरी कार्ड हुँदै यो कार्यले गर्दा सिडी बितरण हुनै पाउँदैन अनी कसरी हुन्छ लगानी उठने काम ? स्टेज कार्यक्रमनै अहिले कलाकारको लागि आर्थिक अवस्था सुधार्ने माध्यम बनेको छ भन्दा फरक नपर्ला ।

४) कस्तो किसिमको गितहरु गाउन धेरै मन पराउनु हुन्छ ? एलबम निकाल्ने कुनै योजना छ की ?
– मलाई लोकपप, आधुनिक र पपगित सबै किसिमका गीतहरु गाउन मनपर्छ किनकी कलाकारले एउटा किसिमको मात्र नभएर धेरै किसिमको प्रस्तुती दिन सक्यो भने दर्शकलाई थप सन्तुष्टी दिन सकिन्छ भन्ने सोच मेरो हो । एलबम निकाल्ने बिषयमा राम्रो संकलन र सबै पक्ष मिल्यो भने छिट्टै नै एलबम निकाल्ने छु ।

५) एउटै हप्तामा दुई देशको भ्रमण २०१३ भाग्यमानी साल भयो है ?
– हजुर । कोरिया जाने मौका र कुवेत आउने मौका एकैपटक भयो भाग्यमानी ठानेको छु आफुलाई र सायद २०१३ लाई लक्की साल भन्नु पर्छ ।

६) नेपालमा स्टेज कार्यक्रममा कत्तिको सहभागी हुनुभयो ?
– धेरै नै हुने मौका पाएं । बिशेषगरी तमु समाजको कार्यक्रम र अन्य ठाउँहरुमा पनि । सबै ठाउँको अनुभबले आफुलाई यो ठाउँमा पुरायो । गायन क्षेत्रमा नै अगाडि बढ्यो भने भबिष्य राम्रो छ भनेर नै यो क्षेत्रलाई अगाडि बढाएं तर यस्को साथमा न्रित्यलाई पनि साथमा अगाडि बढाउने छु । स्टेज कार्यकमले गर्दा नै आफुलाई अझै गाउन र दर्शकहरुसँग रम्न सहयोग पुरायो मलाई ।

७) तपाईं उदयमान कलाकार हजुरको तमु समाजबाट कत्तिको सपोर्ट पाउनु भएको छ ?
– म आफुलाई तमुहरुको मात्र कलाकार होईन सम्पूर्ण नेपालीहरुको कलाकार भन्न चाहन्छु किनकी पहिला हामी नेपाली हौ अनी मात्र अन्य भन्ने मलाई लाग्छ । पक्का पनी म गुरुङको छोरी भएकोमा गर्व छ र मलाई तमु समाजले मेरो भबिष्यको लागि हरेक क्षेत्रबाट सहयोग र प्रेरणा पाएको छु र पाउने छु भन्ने आशा छ ।

८) कलाकार देश बाहिर गएपछी होटलनै चाहिने देखियो तर हजुर पारिवारिक बातावरणमै रमाउनु भयो नि ?
– हजुर । त्यो मैले पनि सुनेको छु तर मलाई कुवेत आगमन देखी यहाँको बसाई जुन पारिवारिक बातावरण हुँदैछ यसमा एकदम खुशी छु । स्वागत देखी कार्यक्रम स्थल अनी यहाँको सम्पूर्ण समाजका साथीहरुको पारिवारिक बातावरणले त होटलको याद नै आउँदैन ।

९) कस्तो कलाकारको रुपमा स्थापित हुन चाहनु हुन्छ ?
– म आफुलाई गायनको क्षेत्रमा सबै किसिमका गीत गाउन सक्ने कलाकारको रुपमा स्थापित गराउन चाह्न्छु । कुनै पनि कलाकारले स्टेज मा पुगेसकेपछी सबै किसिमका गीतहरुले दर्शकहरुलाई मनोरन्जन दिन सक्यो भने नै त्यो कलाकार सफल कलाकार हुनेछ जस्तो मलाई लाग्छ ।

१०) कुवेतमा कृयाशिल नेपाली मिडियहरुलाई के भन्न चाहनु हुन्छ ?
– हेर्नुस्, संसारमा अहिले मिडिया यस्तो साधन हो जुन एक समाज, देश र कुनै पनि ब्यक्तीको लागि उपयुक्त बिषय हो । मिडियाकै कारण राजनेतादेखी कलाकारहरु संसारमा चिनिन्छन । मेरो कुवेत आगमनलाई र यो ल्होछार कार्यक्रमलाई लिएर यहाँ हजुरहरुले जुन किसिमले सहयोग गर्नु भयो त्यस्को लागि म हजुरहरुलाई बिशेष धन्यबाद दिन चाहन्छु । मेरो सांगितिक यात्राको ’boutमा कुवेतबासी नेपालीहरु मात्र होईन संसारमै सबै नेपालिहरुलाई मिडिया मार्फत शान्ती गुरुङ को रहेछ र कस्तो गाउन सक्ने रहेछ भनेर जानकारी दिनु भयो जसको लागि म आभारी छु ।

११) अन्तमा के भन्न चाहनु हुन्छ तमु समाज कुवेत र कुवेतबाशी नेपालीहरुलाई ?
– तमु समाज कुवेतलाई के शब्द ले भनु अति नै खुशी छु । मैले आज एकदम गर्वका भन्छु कि म यस्तो कलाकार हुँ जस्ले यती धेरै माया पाएं । मलाई जुन मौका दिनु भयो तमु समाज कुवेतले नेपालीहरु बिच चिनाउन त्यो मैले भुल्नै सक्दिन । तमु समाज कुवेतका अध्यक्ष देखी सम्पूर्ण कार्यसमितिका सदस्यहरु, कलाकारहरु अनी जहाँ म एउटा पारिवारिक आफ्नो घरमा जस्तो गरी बस्न पाएं सल्लाहाकार दिज्यु टौमाया गुरुङलाई पनि धन्यबाद दिन चाहन्छु । सम्पूर्ण कुवेतबाशी नेपालीहरु र हजुर मिडियाकर्मीहरु प्रती सदा आभारी रहने छु । जहाँ गएपनी कुवेतको बसाईको ’boutमा र यहाँहरुको सहयोगको ’boutमा मेरो मनमा चर्चा रही रहने छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.